बलिउडका दुई ठुला स्टारहरुबीच भिडन्त को तयारी

यस साल अगामी अप्रिल ११ मा बलिउडमा दुई ठुला स्टारहरुबीच भिडन्त हुने भएको छ । बिग बी अमिताभ बच्चन र दक्षिण भारतीय फिल्मका महानायक रजनीकान्त बीच टक्कर पर्ने देखिएको हो । उक्त दिन अमिताभ अभिनीत सिक्वेल फिल्म भुतनाथ रिटर्नस् र रजनीकान्त अभिनीत तामील फिल्म कोचादाइया बीच दर्शक तान्नको लागी होडबाजी चल्नेछ । amitabh_rajnikanth_5214भुतनाथ रिटर्नस्मा अमिताभका अलवा बोमन इरानी, रणवीर कपुर लगायतलाई देख्न सकिनेछ । यो फिल्म सुपरहिट फिल्म भुतनाथको सिक्वेल हो । उता रजनीकान्त अभिनीत कोचादाइयामा दिपिका पादुकोण, जैकि श्राफ, लगायतका स्टारहरुको अभिनय छ । यसअघि अन्धा कानुन, गिरफ्तार, हम लगायतका फिल्महरुमा एकसाथ देखिएका यी दुई महानायकहरु अब दुई अलग फिल्ममा एकै दिन देखिनुले बलिउड दर्शकहरुलाई कन्फयुज पक्का बनाउनेछन ।

Namaste Filmy

Read Previous

नीर शाहद्धारा 'सेतो बाघ' निर्देशन घोषणा

Read Next

सुमनले झरनाको साथ कहिल्यै नछोड्ने