'स्टुपिड मन'को प्रिमियर अमेरिकामा हुने

भदौ २० गते बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘स्टुपिड मन’को प्रिमियर अमेरिकामा हुने भएको छ । चलचित्रको ‘स्टुपिड मन’ अगस्ट २ तारिखका दिन अमेरिकाको क्यालिफोर्नियामा फिल्मको रेडकार्पेट प्रिमियर गरिने भएको छ ।चलचित्रको अमेरिकामा रेडकार्पेट प्रिमियर को लागि निर्माता तथा अभिनेता निरज बराल प्रिमियरमा सहभागि हुन अमेरिका जाँदैछन् ।
Premiere USAप्रिन्स युवराज कार्की, सुजित सिंह र नरेन बरालले सिनेमालाई अमेरिकामा प्रदर्शन गर्न लागेका हुन् । नायक निरज बरालको प्रस्तुति रहेको फिल्म ‘स्टुपिड मन’लाई शुभ फिल्मस प्रा ली को ब्यानरमा विवेक शाही निर्माण गरेका हुन् ।चलचित्र ‘स्टुपिड मन’लाई दिवाकर भट्टराईको निर्देशन गरेका हुन् । फिल्ममा जीवन लुईटेल, चाँदनी शर्मा, ऋतु श्रेष्ठ, मार्टिन खान सँगै प्रस्तुतकर्ता नायक निरज बरालको मुख्य भुमिका रहेको छ । माया प्रेमको कथालाई आकर्षक ढंगले समेटिएको फिल्मका संगीतहरुमा अर्जुन पोखरेलले भरेका हुन । त्यस्तै फिल्मका गीतहरु भने दयाराम पाण्डे, अर्जुन पोखरेल, दिवाकर भट्टराई र किरण राज कार्कीले लेखेका छन । फिल्मलाई दिर्घ खनालले सम्पादन, संजय लामाले छायांकन गरेका हुन ।विदेशी भुमिमा नै फिल्मको शतप्रतिशत छायांकन गरिएको चलचित्र ‘स्टुपिड मन’ मा थाइल्याण्डको विभिन्न मनोरम दृश्यहरु समाबेस गरिएको छ । नायक जीवनले आफुले अभिनय गरेको चलचित्रहरुमा अहिले सम्म उत्कृष्ट चलचित्र बनेको दाबी गरिएको चलचित्र ‘स्टुपिड मन’ आउदो भदौ २० गते प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

हङकङमा हुने नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

Read Next

हिन्दी फिल्म 'हमशकल्स'को कमाई ५ दिनमा ५० करोड ।