श्रीकृष्ण र स्वेताको विवाह असार २३ गते ।

[dropcap]वि[/dropcap]गत लामो समयदेखि नेपाली चलचित्रमा जमेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खडकाको विवाह मिति असार २३ गते तोकिएको छ । यसअघि विवाह गर्ने पक्का भएपनि कहिले र कहाँ भन्ने बारे खुलाईएको थिएन । shreekrishna and swetaअसार २३ मा विधिवत रुपमा हुने विवाह सामन्य रुपमा नै सम्पन्न हुनेछ । स्वेता श्रेत्री र श्रीकृष्ण नेवार समुदायको परेपछि विवाहमा खासै तामझाम नगरिने बुझिएको छ । विवाहको लागी दुवैको पारिवारबाट आन्तरिक तयारीहरु भैरहेको छ । विवाहको रिसेप्सन पार्टी पनि सोहि दिन नै दिइने बताइएको छ । नेपाली चलचित्र उद्योगमा विगत केहि बर्षदेखि चर्चामा रहदै आएको यी जोडी कलिउडको उत्कृष्ट जोडी मानिन्छ । स्वेताले विवाहको बारेमा फेसबुकमा स्टाटस शेयर गर्दै आफु आउनेवाला दिनको कल्पनामा उत्सुक रहेको बताएकी छिन ।
श्रीकृष्ण को फिल्म ‘कहाँ भेटिएला’मार्फत हिरोइन बनेकी स्वेता र श्री को त्यसबेलादेखि नै सामिप्यता बढेको हो । त्यसपछि पनि केहि प्रोजेक्टमा सँगै देखिएको यी दुईले निर्माण गरेको फिल्म ‘कोहिनुर’ आउदो साउन मा रिलिजको तयारीमा छ । स्मरण रहोस यो जोडीको विवाहको ठिक एक महिनापछि अर्थात साउन २३ मा ‘कोहिनुर’ रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

हिन्दी फिल्म 'हमशकल्स'को कमाई ५ दिनमा ५० करोड ।

Read Next

चर्चित हलिउड गीतमा नेपाली सेलेब्रेटीहरु । भिडियो ।