बाल विवाह र दाइजो प्रथा विरुद्ध गरिमा पन्त सद्भावना दुत

कुनै बेला धेरै राम्रा राम्रा ब्यानरमा काम गर्दा पनि खासै चर्चामा नरहेकी करिब करिब पलायन हुने अबस्थामा रहेकी नायिका गरिमा पन्तको अहिले रातारात अबस्था फेरिएको छ । जब नायिका गरिमा पन्तले अभिनय गरेको चलचित्र ‘झोला’ बजारमा आयो तब गरिमाले न सोचेको सफलता उनलाई ‘झोला’ले दियो । देशमा हुने फिल्मी अवार्डमा कुनै पनि अवार्ड पाउन सफल हुन नसकेकी यी नायिकाले एक्कै चोटी सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाउन सफल हुन पुगिन ।
thuli nepali movieतेस पछि नायिका पन्तलाई सम्मानको त् बादी नै आउन थालो । श्रीलंकामासम्पन्न सार्क फिल्म फेष्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड उचाल्न सफल भएकी नायिका गरिमा पन्तलाई राष्ट्रपति डा.रामवरण यादवले बधाई तथा शुभकामना दिएका थिए । उनलाई शितल निवासमा एक बिशेष कार्यक्रममा राष्ट्रपतिले नायिका गरिमा पन्तलाई बधाई दिएका समेत दिएका थिए ।यी नै नायिकालाई यस पछि फिल्म खेल्ने प्रस्ताब यति धेरै आउने थालोकी उनलाई समय निकाल्ने गारो हुन थालो ।
garima panta jhola movieयीनै ‘झोला’ अभिनेत्रीलाई एक सामाजिक संस्थाले सामाजिक कु:प्रथा विरुद्धको अभियानमा सद्भावना दुत बनाएको छ । अब गरिमाले बाल विवाह र दाइजो प्रथा विरुद्ध अभिनेत्री गरिमा पन्तले अभियान चलाउने भएकी छिन् ।आठ वर्ष अघिदेखि जनकपुर क्षेत्रबाट बाल विवाह र दाइजो प्रथा विरुद्ध देशै भरी अभियान चलाईरहेको ‘भोर’ नामक सामाजिक संस्थाले गरिमालाई यस अभिनयानमा सामेल गराएको हो । यो अभियानमा आफ्नो संलग्नतालई अभिनेत्री गरिमा पन्तले ‘निःस्वार्थ समाज सेवा’ भनेकी छिन् । गरिमाले ‘समाजमा सकारात्मक सन्देश जाने अभियानमा आफु सहभागी हुन पाउँदा आफु ज्यादै खुसि भएको बताउनु भयो ।

Namaste Filmy

Read Previous

शाहरुख खानको ड्राइभर बलात्कारको आरोपमा पक्राऊ ।

Read Next

फ्राइडे रिलिज : ‘पाठशाला’ र "लावारिश "