शाहरुख खानको ड्राइभर बलात्कारको आरोपमा पक्राऊ ।

shaharukh khan-in[dropcap][/dropcap]लिउड बादशाह शाहरुख खानको पर्सनल ड्राइभरमाथी बलात्कारको आरोप लागेको छ । शाहरुखको बी एम डब्लु कार चलाउदै आएका ड्राइभर पिन्टु मिश्रामाथी अभिनेत्री संगीता बिजलानीको सहयोगीमाथी बलात्कार गरेको आरोप लागेको हो । आरोप लागेसँगै उनलाई बान्द्रा प्रहरीले गिरफ्तार गरेको छ ।
पिंटुले संगिताको घरमा काम  गर्ने सहयोगीलाई शाहरुखको घरमा काम मिलाइदिने आश्वसन दिदै बलात्कार गरेका थिए । १७ बर्षिय उक्त युवतीलाई पिंटुले नालासोपाराको एक होटलमा लगेर यौन शोषण गरेको बताइन्छ । लातुर घर रहेकी उक्त युवती विगत ५ बर्ष यता अभिनेत्री संगीताको घरमा काम  गर्दै आइरहेकी थिइन ।
यता साकिनाका घर भएका पिंटु शाहरुखको बालबच्चालाई स्कुल ल्याउने लैजाने काम गर्दथे । उनीमाथी अब बांद्र प्रहरीले छानवीन गर्ने भएको छ । यो केशलाई बान्द्र कोर्टमा पेश गरिने बान्द्रा प्रहरीको तयारी छ ।

Namaste Filmy

Read Previous

चर्चित हलिउड गीतमा नेपाली सेलेब्रेटीहरु । भिडियो ।

Read Next

बाल विवाह र दाइजो प्रथा विरुद्ध गरिमा पन्त सद्भावना दुत