फ्राइडे रिलिज : ‘पाठशाला’ र "लावारिश "

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात असार १३  गते गतेबाट दुई चलचित्र  ‘पाठशाला’ र “लावारिश “प्रदर्शनमा आएको छ । असार बिशेष गरेर पानी पर्ने महिना बर्खा भएकोले ठुला बजेटका फिल्म भने  रिलिज नगरिए पनि सानो बजेटमा निर्माण भएका फिल्महरु प्रदर्शनमा आएका छन् ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएका चलचित्र ‘पाठशाला’ र  “लावारिश “को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियोसहित )
‘पाठशाला’
10402017_481407195338138_6057735675360009408_nफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘पाठशाला’ प्रदर्शनमा आएको छ ।राजबहादुर सानेले निर्देशन गर्नु भएको चलचित्र  ‘पाठशाला’ यसअघि मोफसलमा प्रदर्शन भैसकेको छ ।आज बाट चलचित्र काठमाण्डौ मात्रै प्रदर्शनमा आएको हो  ।चलचित्रलाई  अरुण खड्का र केशब घिमिरेले मिलेर निर्माण गरेका हुन् भने  विकाश चौधरीको संगीत छ रहेको छ ।चलचित्र ‘पाठशाला’ मा  वीरेन्द्र यादव, राज गौतम, संगीता विसी, मेनका गिरी,राज गौतम,आयुस विसी लगायतको कलाकारको अभिनय रहेको छ ।फिल्म विना प्रचारप्रसार रिलिज भएको हो ।
‘पाठशाला’ को प्रोमो हेर्नुहोश:

“लावारिश”
laawarisफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र “लावारिश “पनि प्रदर्शनमा आएको छ ।खासै चर्चामा नरहेको चलचित्र “लावारिश “पनि बिना कुनै प्रचारप्रसार रिलिज गरिएको हो ।चलचित्र “लावारिश “मा  आयुष रिजाल, महेश खड्का, दिनेश शर्मा, किरण चित्रकार, युना उप्रेती, भूमिका सुनार लगायतको  अभिनय छ ।  ।निरज घिमिरेले निर्देशनगरेको चलचित्र “लावारिश “लाई अमर कौशलले निर्माण गरेका हुन् ।रबि कोइरालाको छायांकन रहेको यस चलचित्रलाई बनिश शाहले सम्पादन गरेका हुन् ।मौनता श्रेष्ठको लेखन, बसन्त सापकोटाको संगीत र र मनोजराज भण्डारी ,हिमाल केसीको द्धन्द्ध, शिव शर्माको नुत्य रहेको छ । मुलुकका सिंगल स्क्रिनमा फिल्म रिलिज हुँदैछ । चलचित्र ‘”लावारिश “लाई सुनिल मानन्धरले  वितरण गरेका हुन्  ।
लावारिशको प्रोमो हेर्नुहोश:

Namaste Filmy

Read Previous

बाल विवाह र दाइजो प्रथा विरुद्ध गरिमा पन्त सद्भावना दुत

Read Next

छात्राहरु छुटाउन बोकोहरामसँग सेक्स गर्न तयार छिन हलिउड पपस्टार ।