भ्यालेन्टाइन डे कै दिन ब्रेक अप भयो, राज र मलिनाको ।

१४ फ्रेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको दिन पारेर चलचित्र ऋतुको गीत युटुबमा सार्वजनिक गरिएको छ । माया लाग्दैन बोलको उक्त गीतमा राज र मलिनाको बिछोड भएको देखाइएको छ । अगामी फाल्गुन २३ गतेबाट अलनेपाल रिलिज हुन लागीएको फिल्मको सबै गीत अडियोमा भने यसअघि नै रिलिज भएको थियो ।
gallery_2
राजवल्लभ कोइराला र पुर्व मिस नेपाल मलिन जोशीको मुख्य भुमिका रहेको फिल्मलाई नव निर्देशक मनोज अधिकारीले निर्देशन गरेका हुन ।फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान, अपिल बिष्ट ले संयुक्त रुपमा निर्माण गरेका हुन ।आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस्, अपिल विष्ट फिल्मस र अशोक गौतम फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा राज र मलिनासँगै रीमा विश्वकर्मा, बिष्णु न्यौपानेको पनि मुख्य भूमिका छ । अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको यो फिल्मलाई सन्दीप बडालले लेखेका हुन् । फिल्ममा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ ।
गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

झोले’ र ‘झोला’ मा दर्शक झुक्किए हल्ला सस्तो पब्लिसिटी त् हैन ?"झोले’को नयां प्रोमो सार्वजनिक

Read Next

चितवनका युवाहरुसंग साहिमाले मस्ती गरिन । प्रमोद भने जिल्लिए ।