चलचित्रको आम्दानी बाटो निर्माणमा खर्च ।

राजेन्द्र कार्की ।
kale nepali movie1-in[dropcap][/dropcap]लचित्र कालेका निर्माता महेश गीरीले चलचित्रको सीडी विक्रीबाट प्राप्त भएको आम्दानी रु तिन लाख पैंसट्ठीहजार रुपैयाँ बाटो निर्माण कार्यमा प्रयोग गरेका छन । अमेरिकाको टेक्सास् राज्यमा चलचित्र कालेको गीती सिडी विमोचन गर्दै सो सिडी बिक्रीबाट प्राप्त गरेको उल्लेखित आम्दानीलाई ललितपुर जिल्ला धापाखेल गाविस वडा नं. ४ देखि सेता गणेश सुरधार हुदै हरिसिद्धी जोडने करिब चारसय मिटर सडकको ट्रयाक खोल्ने कार्य गरेका हुन । निर्माता गीरीले केहि समय अगाडि टेक्सासमा भएको नेपाली महोत्सवको अवसरमा उद्योग मन्त्रि कर्ण बहादुर थापाबाट सीडी बिमोचन कार्य गरको थिए भने चारसय मिटर ट्रयाक निर्माण कार्यको उदघाटन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालद्धारा गराउनु भएको थियो । न्ेपाली चलचित्र प्रमोसनको क्रममा विद्यालय, सडकवालबालिकाहरुलाई चलचित्रको नाम अकिंत टि सर्ट तथा केहि खाद्यन्न वितरण गरिने प्रचलन रहि आएको भए पनि चलचित्रकर्मीको तर्फबाट भने प्रत्यक्ष र दिर्घकालिन लाभका लागि समेतको कार्य गरेको यो नै पहिलो भएको अनुमान गरिएको छ । ल्लितपुर धामाखेल निवासी महेश गीरीले चलचित्र कालेलाई सुदुर पश्चिम नेपालको जनजीवीका र नेपालको उच्च घरानाको बिचको अन्तरलाई प्रस्ट्याउन खोजेका छन । अनेकन कालखण्डमा हाम्रा नेताहरुले देशको राजनिति समाजिक आर्थिक र सास्कृतिक परिवर्तनका खोक्रो आश्वासन दिएता पनि त्यो सिमित सभ्रान्त परिवारहरुले मात्र प्राप्त गरेको र अधिकांश ग्रामिण क्षेत्रको जीनजीवन जस्ताको त्यस्तै रहनुमा मिडिया र मिडियाकर्मीहरुको अहंम भुमिका रहने गरेको पनि चलचित्रले देखाउन खोजिएको छ । क्रिब ८० लाख लागत रहेको यस चलचित्रका कलाकारहरु निस्तेज निरौला, दिनेश शाही, दिनेश दुलाल, जेनीशा केसी, समिक्षा अर्याल, कमल भट्ट, विद्या कार्की, सागर अन्सारी, प्रभा अर्याल, सपना केसी बाल कलाकार रिरेन्द्र श्रेष्ठ लगायतका रहेका छन । चलचित्रका छायाँकार राजु बिक्रम थापा हुन भने द्धन्द्ध रोशन श्रेष्ठको रहेको छ । नारायण भण्डारी र सुरेश अधिकारीको गीतमा संगीतकार सुरेश अधिकारीले संगीत दिनु भएको छ । चलचित्रको कोरियो ग्राफी कविराज गहतराजले गरेका छन । प्रमुख निर्माता महेश गीरी हुन भने सह निर्माता कुन्ती थापा रहेकी छिन । च्लचित्रमा पाँच गीत रहेकामा सम्पुर्ण गीतहरु च्लचित्र प्रर्दशन अगावै नै हिट भइसकेका छन । धेरै नै आशा गरिएको चलचित्र काले नेपालमा प्रर्दशनको मिती तय नभइसकेको भए पनि अमेरिका, युरोप र एशियाका अरबीराष्ट्र हुँदै हङ्कङ्मा प्रर्दशन पश्चात मात्रै नेपालमा रिलिजको तय गरिने निर्माता गीरीले बताउनु भएको छ । नेपाली भाषा, कलासंस्कृति बिमुख भइरहेको नेपाली चलचित्र क्षेत्रमा गीरीले भने विशुद्ध नेपाली चलचित्र नेपालीहरु माझ प्रर्दशन गर्ने साहस गरेका छन । चलचित्रको निर्देशन कालपानी इतिहास जस्ता एतिहासिक चलचित्र निर्देशन गरिसकेका उद्धव अविदितले गरेका छन भने कथा, पटकथा र संवाद समेत उहाँ कै रहेको छ ।kale nepali movie-in

Namaste Filmy

Read Previous

छात्राहरु छुटाउन बोकोहरामसँग सेक्स गर्न तयार छिन हलिउड पपस्टार ।

Read Next

कसरी बने गायक तथा संगीतकार टंक बुढाथोकी फोर ईडियट्स !!!