कसरी बने गायक तथा संगीतकार टंक बुढाथोकी फोर ईडियट्स !!!

सायद संसारमा संगीत भने पछि मन नपर्ने मान्छ छैन् होला । संगीत यस्तो चिज हो जसलाई बच्चा देखि मर्न लागेका बूदाबुडीको समेत मन छोएको हुन्छ । संगीत एउटा सिर्जना हो जसले हरेक मान्छेको मन छोएकै हुन्छ ।यस्तै मिठो मिठो संगीत अनि दर्शक तथा स्रोताको मन छुने खालको संगीत सिर्जना गर्न सक्ने एउटा नाम हो टंक बुढाथोकी ।आज भन्दा २५ वर्ष अघि झापामा जन्मनु भएको संगीतकार टंक बुढाथोकी सानै उमेर बाट संगीतमा सारै रुचि राख्नु हुन्थो ।
tanka1आभास कला केन्द्रबाट सुरुमा संगीत सिक्नु भएको टंकले नरहरी प्रेमी संग श्रुति संगीत विद्यालयमा बिशेष संगीतको कोष लिनु भएको थियो ।आवाज र संगीतको धनि टंकले सुरुमा आफ्नै स्वर र संगीतमा ‘फुलेको राम्रो लाली “बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गर्नु भएको थियो । तर रोचक कुरा क छ भने संगीतकार टंक बुढाथोकीले हिन्दि फिल्म थ्री इदिट्स हेरे पछि नै आफुलाई चलचित्रमा संगीत दिन मन लागेको भन्दै आफु फोर इदिट्स भएको भन्दै सायद थ्री इदिट्स फिल्म नहेरेको भए आजमा चलचित्र क्षेत्रमा हुन्थिन होला भन्नु हुन्छ ।उहाले आमा बुबाको ईच्छा अनुसार डाक्टर बन्ने बिचारले बि.ए.सी.पड्दै गरेको बेलामा चलचित्र थ्री ईडियट्स हेरे पछि आफुलाई सानै बाट संगीतकार बन्ने ईच्छा चलचित्र हेरेपछि चलचित्र प्रेरणाको स्रोत बनेको भन्दै आफु फोर ईडियट्स हुन पुगेको समेत नमस्ते फिल्म सगको कुराकानीमा बताउनु भयो ।

यीनै प्रतिभाशालि गायक तथा संगीतकारको जादु माया संगीत देखेर कारण क्रेजीले निर्माण गर्नु भएको चलचित्र “जंजीर”मा उहालाई संगीतकारको रुपमा पहिलो ब्रेक पाउन सफल हुनु भयो । यसरि चलचित्र “जंजीर”बाट टंकको फिल्मी करियर सुरु भयो ।टंकले संगीत तथा स्वर दिएको पहिलो चलचित्र जंजीरको गीत “किन गारो गारो हुन्छ मलाई ‘बोलको गीत सफल मात्रै भएन कि उहालाई विभिन्न अवार्डमा नोमिनेसन हुन समेत सफल हुन भयो । जब टंकले संगीत दिएको जंजीरको गीत यति सफल भयो कि तेसपछि त् टंकलाई आफ्नो फिल्ममा संगीत दिनको लागि निर्माता,निर्देशन उहकोमा धाउन थाले ।यसरि टंकले संगीत दिएको पहिलो फिल्मको गीत बजारमा चल्न थाले पछि टंकको व्यस्तता पनि यति बढ्न थलो कि उहालाई आज भोलि कसको फिल्मको संगीत पहिला गर्ने समय मिलाउन मुस्किल हुन थालेको छ ।
tanka
अहिले टंकले संगीत दिएको चलचित्रहरु एउटा साथी ,लफंगा ,शूट आउट ,हिरोज़ ,टिचर ,सुतली हवल्दार ,एक कान दुई कान मैदान ,कान्छि मट्याङट्याङ,हिम्मतवाली लगायतका चलचित्र रिलिजको तयारीमा रहेका छन् ।टंकले नै संगीत दिएको नायिका रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र हिम्मतवालीको ‘काली तिम्रो नजरैले गोलि हानो’ बोलको गीतले अहिले बजारमा यति दर्शक तथा स्रोताको मनमा बस्न सफल भएको छकि अहिले बजारमा टंकको माग बढ्न थालेको छ ।चलचित्रमा संगीत दिनु अघि टंकले चार वटा एल्बम बजारमा निकाली सक्नु भएको थियो ।यसरी सानै उमेर बाट संगीत क्षेत्रमा लग्नु भएको संगीतकार तथा मिठो आवाजको धनि टंक बुढाथोकी संगीतमा यति जादु छ कि उहाको गीत संगीतलाई मन नपराउने सायद कम नै होलान । टंक बुढाथोकी संग संगीत विधामा चाहिने सबै कला उनीमा निहित छ ।
उनि एउटा सफल र राम्रो संगीतकार र मिठो आवाजको धनि मात्रै हैन उनि एउटा राम्रो संगीत एरेन्जरको साथै एउटा राम्रो शब्द लेखने गीतकार पनि हुन ।यिनै प्रतिभा साथी संगीतकार टंक बुढाथोकीले इन्डियन आडल कपिल थापा नुले आफ्नो शब्द र संगीत तथा एरेन्जरमा एउटा एल्बम निकाली सक्नु भएको छ। यी संगीतकार टंक बुढाथोकी आज भोलि चलचित्रमा संगीत भर्ना र स्वर दिन यति व्यस्था छन् कि एक दिन नेपाली चलचित्रमा यिनको एक छत्र राजा न होला भन्न सकिदैन । टंकले संगीत तथा आवाज दिएको चलचित्रले यसरि नै अझै बढी सफलता नमस्ते फिल्मको तर्फाबाट सफलताको शुभकामना ……

Namaste Filmy

Read Previous

चलचित्रको आम्दानी बाटो निर्माणमा खर्च ।

Read Next

ठुली बेनिशालाई आमा बुबा नपिरे कसले दिने हो झम्के फुली (भिडियो)