हिन्दी फिल्म 'एक भिलेन'को शानदार ओपनिङ ।

[dropcap][/dropcap]हि शुक्रबारबाट विश्वब्यापी रिलिज भएको हिन्दी फिल्म ‘एक भिलेन’ले राम्रो ओपनिङ गरेको छ । फिल्मको बक्सअफिस कलेक्सन सार्वजनिक हुन बाँकी रहे तापनि शुक्रबार फिल्मले बम्पर विजनेस गरेको बताइएको छ । यो फिल्मको अकल्पनीय ओपनिङ रहेको बलिउड फिल्म बिश्लेषकहरुको भनाई छ । ek-villain-movie-poster-copyफिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन । यसअघि उनको फिल्म हरु ‘आवारपन’, ‘मर्डर’, ‘आशिकी २’ कै शैलीमा फिल्म एक भिलेन को कथा बगेको छ । फिल्मको कथाले दर्शकलाई जतिखेर पनि उत्सुकता पैदा गराउने बताइएको छ । श्रद्धा कपुर, सिद्धार्थ मल्होत्रा र रितेश देशमुखको मुख्य अभिनय रहेको फिल्म चोखो प्रेम र बदलाको कथामा छ । यसअघि प्रोमो र गीत अत्याधिक हिट भैसकेको फिल्मले बी टाउनमा उत्कृष्ट ब्यापार गर्ने सबैको अनुमान छ । फिल्मलाई एकता कपुरले निर्माण गरेकी हुन ।

Namaste Filmy

Read Previous

ठुली बेनिशालाई आमा बुबा नपिरे कसले दिने हो झम्के फुली (भिडियो)

Read Next

नेपालीसँग नजिकिन पाउदा खुशी छन सलमान ।