फिल्म 'माइ प्रमिश'लाई बिदेशमा राम्रो रेस्पोन्स ।

[dropcap]प्र[/dropcap]दर्शनको लागी तयार नेपाली कथानक चलचित्र ‘माई प्रमिश’ लाई बिदेशबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ । नेपालमा प्रदर्शन गर्नुपहिले विदेशमा देखाइएको चलचित्रलाई त्यहाँका दर्शकहरुले तारिफ गरे । फिल्मको सिंगापुर, हङकङ लगायतका विभिन्न स्थानहरुमा विभिन्न च्यारिट शोहरु गरिएको थियो । फिल्म हेरिसकेपछि दर्शकले दिएको प्रतिक्रियाले आफु अत्यन्त खुशी र उत्साहित रहेको फिल्मको निर्माता एवं नायक रमेशचन्द्र राई ले बताए ।my-promis
बिदेशमा रहेका नेपाली लाहुरेहरुको कथालाई मुख्य बिषयबस्तु बनाई निर्माण गरिएको फिल्म ‘माई प्रमिश’लाई निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । टी एन आर जी फिल्मसको ब्यानरमा टंक लिम्बु निर्माता रहेको फिल्ममा रमेश चन्द्र राई, के की अधिकारी, नर कुमार लिम्बु, विल्सन बिक्रम राई, अनुराग कुँवर, दया राई, शोभा सुब्बा, मार्टिन खान, अन्जना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मको सम्पादन बनिश शाहले गरेका हुन भने फिल्ममा महेश खडका को संगीत, रोशन श्रेष्ठको द्धन्द तथा गोविन्द राईको नृत्य रहेको छ ।  फिल्मलाई सेन्सर बोर्डले पी जी सर्टिफिकेट दिइसकेको छ । फिल्म नेपालमा भने आउदो अक्टोबरमा प्रदर्शन हुनेछ ।

Namaste Filmy

Read Previous

नेपालीसँग नजिकिन पाउदा खुशी छन सलमान ।

Read Next

स्वदेशमा तेरियाको भव्य स्वागत । फोटो फिचर ।