स्वदेशमा तेरियाको भव्य स्वागत । फोटो फिचर ।

[dropcap]भा[/dropcap]रतीय च्यानल जी टि भी बाट प्रसारण हुने चर्चित रियालिटी शो डि आइ डी लिटिल मास्टरकी विजेता तेरिया मगर स्वदेश अर्थात नेपाल आएकी छिन । शनिबार दिउसो साढे दुई बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनलाई विमानस्थलमा भव्य स्वागत समेत गरिएको छ । Teriya magar-inएयर इन्डियाबाट विमानस्थल ओर्लिएकी उनलाई स्वागत गर्नका लागी विमानस्थलमा आफन्तजन तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति थियो । रुपन्देही रुद्रपुर घर भएकी तेरिया आफ्नी आमाको साथमा विमानस्थलमा ओर्लिएकी हुन । विमानस्थलमा ओर्लिएलगतै तेरिया बृहत र्यालीसहित बिमानस्थलबाट राष्ट्रिय सभा गृहमा पुगेकी थिइन । उनलाई राष्टिय सभागृहमा एक बृहत कार्यक्रमका बीच नागरिक सम्मान दिइएको छ ।
तेरिया गत साता सम्पन्न डीआइडी लिटल मास्टर्सको फाइनलमा अत्यधिक भोट ल्याएर विजेता बनेकी थिइन । Teriya magar3-in Teriya magar2-in Teriya magar1-inPhoto by: nagariknews

Namaste Filmy

Read Previous

फिल्म 'माइ प्रमिश'लाई बिदेशमा राम्रो रेस्पोन्स ।

Read Next

धुर्मुस र विनिता बने सदभावना दूत ।