धुर्मुस र विनिता बने सदभावना दूत ।

[dropcap]ने[/dropcap]पाल कृषि पत्रकार प्रतिष्ठानले चर्चित हास्यकलाकार सीतराम कट्टेल धुर्मुस र चपली गर्ल विनिता बराललाई सद्भावना दुत घोषणा गरेको छ ।dhurmus and binita-in-doot११ औं अन्तराष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत ती दुई कलाकारलाई प्रतिष्ठानका लािग सद्भावना दुत घोषणा गरेका हुन् ।   कलाकार भएर पनि कृषिलाई पनि आफ्नो पेसा बनाएको भन्दै प्रतिष्ठानले यी दुई कलाकारलाई दुतको रुपमा घोषणा गरेका हुन । कृषि क्षेत्रमा लगानी र योगदान बढाउनको लागी यसरी कलाकारलाई दुत घोषणा गरिएको प्रतिष्ठानको भनाई छ ।
चर्चित हास्यकलाकार सिताराम कट्टेल पछिल्लो समय बंगुर पालन गरी कृषि क्षेत्रलाई योगदान गर्दै आएका छन् । त्यस्तै चप्पली हाइटबाट कलिउडमा हाइट लिएकी विनिता बराल पनि अर्गानिक खेती गरिरहेकी छिन् ।

Namaste Filmy

Read Previous

स्वदेशमा तेरियाको भव्य स्वागत । फोटो फिचर ।

Read Next

पहिलो भेटमा गाडीमै सेक्स गरेका थिए कृष्णा र कश्मीराले ।