नेपसिने मिडिया डटकम आउदै ।

nepcine.com[dropcap]ने[/dropcap]पाली कलासंस्कृति, गीत संगीत, मनोरञ्जन तथा यस सम्बन्धित जानकारी सहित नेपाली चलचित्रको प्रवर्धन गर्ने लक्ष्यका साथ नेपसिने मिडिया सञ्चालन हुने भएको छ । कला मनोसञ्जनसम्बन्धि सम्पुर्ण जानकारीका लागि नेपसिने मिडिया डट कम विश्वभर फैलिएका नेपालीहरु माझ यथासिघ्र सञ्चालनमा आउने भएको हो । खासगरी लोकप्रिय बन्दै गइरहेको सबै प्रकारका गीतसंगीतहरु ताजातौरिन ढंगले स्रोता तथा दर्शकहरु माझ प्रस्तुत गर्ने उद्देश्य सहित खस्कँदै गइरहेको नेपाली चलचित्रहरुको प्रवर्धन गर्दै सम्पुर्ण नेपाली चलचित्रकर्मीहरुमा उत्साह बढाउने कार्य नेपसिने मिडियाले गर्ने यसका सम्पादक तथा ब्यवस्थापक राजेन्द्र कार्कीले बताउनु भयो । साउने संक्रान्तिका दिन सार्वजनिक गरिने यस अनलाइन सम्पुर्ण रुपमा मनोरञ्जनात्मक रहने तर नेपाली कलासंस्कृति र नेपाली चलचित्र क्षेत्रको उपहास गरिने कुनै पनि सामग्रीहरुको स्रप्रेषण नगरिने पनि सम्पादक तथा प्रकाशक कार्कीले बताउनुभयो । साथसाथै नेपाली कलासंस्कृतिको जागरणको क्षेत्रमा निरन्तर लागि परिरहने स्वदेशी कलाकर्मी र विदेशमा रहेका नेपाली कलाकारहरुको सम्मान सहित उत्प्रेरणाका लागि वार्षिक एक लाख नगद सहितको पुरस्कारको ब्यवस्था गरिने पनि उहाँले बताउनु भएको छ । नेपसिने मिडिया डट कमको फेसबुक पेज सार्वजनिक सहित सम्पुर्ण नेपालीहरुमा आबद्ध हुन समेत उहाँले अनुरोध गर्नु भएको छ । साथै सार्वजनिक गरिएको मिडियाको लोगोमा केहि हेरफेर हुने पनि उहाँले बताउनु भएको छ ।

Namaste Filmy

Read Previous

पहिलो भेटमा गाडीमै सेक्स गरेका थिए कृष्णा र कश्मीराले ।

Read Next

बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई हृदयघात