चितवनका युवाहरुसंग साहिमाले मस्ती गरिन । प्रमोद भने जिल्लिए ।

चितवनको भरतपुरमा सञ्चालन भइरहेको राष्ट्रिय औद्योगिक मेला २०७० मा शुक्रबार शाहिमा श्रेष्ठले आफ्नो प्रस्तुति दिएकि छिन । बिहिबारबाट सुरु भएको मेलामा शुक्रबार सांगितिक प्रस्तुति दिनका लागी प्रमोद खरेल र शाहिमा श्रेष्ठ चितवन आएका हुन ।s1कार्यक्रममा शाहिमाले आफ्नो पछिल्लो एल्बम मस्तीका गीतहरु प्रस्तुुत गरेकी थिइन । शाहिमाले गीत गाउदै गर्दा एकाएक बर्षा सुरु भएपछि कार्यक्रम नै स्थगित गर्नुपरेको थियो भने बर्षाले गर्दा गायक प्रमोद खरेलले आफनो प्रस्तुति दिन पाएनन । राष्ट्रिय कलाकारको प्रस्तुतिमा दर्शक नाच्न नपाए पनि मेलाकै अवसरमा सञ्चालन भइरहेको डान्सिङ स्टारमा प्रतियोगीहरुले दिएको प्रस्तुति भने दर्शक राम्रै रमाए ।s3मेलामा शनिबार शिव परियार र मल्लिका कार्की लगायतका कलाकारहरुको प्रस्तुति रहनेछन भने डान्सिङ स्टार पनि सञ्चालन हुनेछ । अगामी ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय औद्योगिक मेलामा स्थानिय स्तरका प्रतिभाहरुलाई उजागार गर्ने उद्देश्यले डान्सिङ स्टार पनि सञ्चालन भइरहेको हो । यसका साथै विभिन्न ब्यपारिक स्टलहरु र मनोरञ्जनका साधनहरु रहेको मेलामा मुख्य आकर्षणको रुपमा विश्वकै ठुलो पंक्षी अष्ट्रिज पनि प्रदर्शनमा राखिएको छ ।s2

Namaste Filmy

Read Previous

भ्यालेन्टाइन डे कै दिन ब्रेक अप भयो, राज र मलिनाको ।

Read Next

प्रकृतिलाई माया गर्ने प्रतिवद्धता