मिस नर्स चितवन-२०१४ मा 'ठुली' । फोटो फिचर ।

[dropcap][/dropcap]हि भाद्र ६ गते बाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘ठुली’ ले ‘मिस नर्स चितवन-२०१४’ सँग सहकार्य गर्दै  पब्लिसिटी थालेको छ । फिल्मले चितवनमा सञ्चालन भइरहेको ‘मिस नर्स चितवन-२०१४’ को लागि आबस्यक पर्ने टिशर्टहरु उपलब्ध गराएको हो । फिल्मको प्रचारप्रसारमा पनि सहयोग पुग्ने उद्देश्यले चलचित्र ठुली अंकित टिसर्ट ‘मिस नर्स चितवन २०१४’ लाई उपलब्ध गराएको हो । thooli and miss nurse chitwan4-inत्यस्तै नेपाली चलचित्र हेर्ने दर्शक घटी रहेको अहिलेको अबस्थामा एउटा स्वास्थ्य संस्थाको क्षेत्रमा क्रियाशिल स्टाफ नर्स, विएसी नर्सिङ्ग, विएन अध्ययनरत छात्राहरु सहभागी हुने कार्यक्रममा कम्तिमा यो शिक्षित बर्गको पनि नेपाली चलचित्र हेर्नु पर्छ भन्ने सन्देशका लागि नै मिस नर्स चितवनमा आफुले सपोर्ट गरेको चलचित्रका निर्देशक एभरेस्ट सुर्य बोहोराले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।thooli and miss nurse chitwan-in निर्देशक एभरेस्ट सुर्य बोहोराले निर्देशन गर्नु भएको चलचित्र “ठुली”को गीत संगीतले अहिले बजारमा राम्रै चर्चा पाउन सफल भएको छ ।उता चलचित्रका निर्माता पुस्कर पन्त आफु विदेशमा बसेर पनि नेपाली चलचित्रलाई माया गरेर नै चलचित्र ठुली निर्माण गरेको भन्दै यहाँ नेपालमा बस्ने सबैलाई नेपाली फिल्म हेर्नु हुन अनुरोध समेत गर्दै चलचित्रको प्रचार प्रसारमा सुरु गरि सकिएकोले मिस नर्स चितवन बाट अझै चलचित्रको प्रचार हुने बताउनु भयो । एभरेष्ट कला यात्रा फिल्मसको ब्यानरमा पुस्कर पन्त ले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन । फिल्ममा नायिका गरिमा पन्त, जीवन लुइटेल, कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ । thooli and miss nurse chitwan3-inशेर बहादुर लामाले खिचेको फिल्ममा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्धन्द, बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ । फिल्मको काठमण्डौ, चितवन लगायतका विभिन्न स्थानमा छयांकन गरिएको थियो । फिल्म हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा यहि भाद्र ६ गते रिलिज हुनेछ ।
यता चितवनमा स्वस्थ्य क्षेत्रमा सुनौलो भविष्य खोजिरहेका विभिन्न युवतीहरुमाझ सञ्चालन भइरहेको मिस नर्स चितवन को फाइनल आउदो साउन ३ गते सम्पन्न हुनेछ । यसरी ठुला ब्यानरको नेपाली फिल्मले आफुहरुसँग सहकार्य गरेकोमा मिस नर्स २०१४ का आयोजकहरुले खुशी ब्यक्त गरे ।thooli and miss nurse chitwan2-in thooli and miss nurse chitwan1-in

Namaste Filmy

Read Previous

बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई हृदयघात

Read Next

घरबिहिन बने गायक रामकृष्ण ढकाल ।