घरबिहिन बने गायक रामकृष्ण ढकाल ।

[dropcap]यो[/dropcap] कुनै काल्पनिक कथा होइन, गीतको शब्द होइन, फिल्मको दृश्य होइन । सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालको वास्तविक जीवन नै घरबिहिन हुन पुगेका छन । आइतबार उनले सैबुस्थित श्रीमति निलम शाहको नाममा रहेको घर एक सहकारी संस्थालाई बुझाएपछि उनी घरबिहिन भएका हुन । ramkrishna-dhakal-nepal-sandeshललितपुरस्थित लालीगुराँस बहुद्देशीय सहकारी सँस्था लि. ले ढकालले लिएको ८० लाख ऋण नतिरेको भन्दै घर लिलामी गरिने बारेमा केहि दिनअघि सार्वजनिक सुचना जारी गरेको थियो । तर सो सुचनाको पनि बेवास्ता गर्दै सम्पर्कमा नआएपछि ढकालको घर सहकारीले जफत गरेको हो ।
यता गायक ढकाल भने घर फिर्ता गरिदिनका लागी मन्त्रिदेखि उच्च सरकारी सचिवसम्मको शरणमा पुगेको समाचार बाहिरीएको छ । उनी बर्षमान पुन, शंकर कोइराला लगायत विभिन्न शक्ति केन्द्र धाइरहेको बताइन्छ । समाचारअनुसार मन्त्रीहरुले घर फिर्ताको लागी पहल गरेपनि सफल नभएको बुझिएको छ ।
गायक ढकालले भने आफ्नो बदनाम गर्नको लागी सहकारीले यस्तो गरेको गुनासो गरे । आफुले सबै पैसा बुझाइसके पनि सहकारीले बदनियतपुर्ण ढंगले यस्तो चपेटामा पारेको बताए ।
ढकाल नेपाली सुगम संगीतमा एकछत्र राज गरेका चर्चित गायक हुन । उनले थुप्रै नेपाली चलचित्रमा पनि स्वर दिइसकेको छन । त्यस्तै उनले विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका छन ।

Namaste Filmy

Read Previous

मिस नर्स चितवन-२०१४ मा 'ठुली' । फोटो फिचर ।

Read Next

सबिन र प्रज्वलसँग सुष्माको 'संजोग' । गीत रिलिज ।