सबिन र प्रज्वलसँग सुष्माको 'संजोग' । गीत रिलिज ।

[dropcap]रि[/dropcap]लिज मिति तय हुन बाँकी चलचित्र ‘संजोग’को दुई गीतहरु रिलिज गरिएको छ । ‘संजोग’ बोलको शिर्ष गीत र ‘आँखामा तिमीलाई’ बोलको अर्को गीत युटुबमार्फत सार्वजनिक गरिएको हो ।Sanjog nepali movie-in-namastefilmy शीर्ष गीत ‘संजोग’मा आशिष ताम्राकारको स्वर रहेको छ भने कुमार विवाहितको शब्द संगीत तथा गोविन्द राईको कोरियोग्राफी रहेको छ । त्यस्तै अर्को गीतमा सोहन धिमाल र मधिना धिमालको स्वर रहेको छ भने उज्वल संगीत रहेको छ । गीतमा गोविन्द राईकै कोरियोग्राफी छ । सार्वजनिक गीतहरुमा फिल्मका मुख्य कलाकारहरु सबिन श्रेष्ठ, प्रज्वल गिरी तथा सुस्मा कार्की फिचरीङ छन ।

त्रिकोणात्मक प्रेमकथा समेटिएको फिल्मलाई दधिराम उप्रेतीले निर्माण गरेका हुन । फिल्ममा युवा निर्देशक वेदप्रसाद भुर्तेलको निर्देशन रहेको  छ । फिल्ममा सबिन श्रेष्ठ, प्रज्वल गिरी, सुष्मा कार्की लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय छ । प्रदर्शनको लागी तयार भैसकेको फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन ।
यसैबीच निर्देशक बेदप्रसाद भुर्तेल अर्को नयाँ फिल्मको निर्देशनमा जुट्ने भएका छन । निर्माणधीन फिल्म कुर्बानको काम सकिएपछि उनी नयाँ फिल्म शीतको निर्देशनमा लाग्नेछन । फिल्म शीतलाई श्याम लामाले निर्माण गर्न लागेका हुन । प्रज्वल गिरीकै मुख्य भुमिका रहने फिल्ममा श्याम लामा, श्रवण न्यौपाने, हरी चन्द लगायतको अभिनय रहनेछ । अहिले फिल्मको गीत रेकर्डिङ भइरहेको निर्देशक भुर्तेलले बताउनुभयो ।

गीतहरु हेर्नुहोस :

Namaste Filmy

Read Previous

घरबिहिन बने गायक रामकृष्ण ढकाल ।

Read Next

संयमको ‘पुन्टे परेड’ यस्तो छ फोटो कथामा