दुर्घटनामा परिन प्रियंका । बल्ल बल्ल बाँच्न सफल ।

[dropcap][/dropcap]लिउड नायिका प्रियंका चोपडा एक गम्भीर दुर्घटनामा परेकी छिन । एक एड फिल्मको लागी खतरनाक स्टन्ट दिने क्रममा उनी दुर्घटनामा परेकी हुन । करिब आधा घन्टा डोरीमा अडकिएपछि उनको ज्यान नै खतरामा परेको थियो । priyanka-chopra-inविज्ञापन छायांकनका क्रममा नायिका चोपडाको पहिरनमा एरियल वायर लगाइएको थियो । तर प्राविधिकहरुको लापरवाहीका कारण उनको शरीरमा वायर सही तरिकाले रहेन । जब उनी हावामा उडिन् उनी डोरीमै अल्झिइन र आधा घन्टासम्म भूँइमा झार्न सकिएन । करिब आधा घण्टाको विभिन्न प्रयासपछि मात्र  उनलाई भूँइमा झारिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गर्ने तयारी पनि गरियो । तर केही समयमै उनको होश आयो । उनले केहि बेर रेस्ट गरिन । होस आएपछि नायिका चोपडाले राम्रोसँग बाध्न भन्दै प्राविधिकहरुलाई भनिन् र फेरि स्टन्ट दिइन् । प्राविधिकहरुले भने प्रियंकासँग माफि मागेका थिए ।

Namaste Filmy

Read Previous

संयमको ‘पुन्टे परेड’ यस्तो छ फोटो कथामा

Read Next

नीर शाहको होस खुल्यो । स्वास्थ्यमा क्रमिक सुधार ।