नीर शाहको होस खुल्यो । स्वास्थ्यमा क्रमिक सुधार ।

[dropcap][/dropcap]त शनिबार अचानक हार्टअट्याक भएपछि अचेत हुनुभएका बरिष्ठ चलचित्रकर्मी नीर शाहको होस खुलेको छ । सोमबार दिउसो शाहलाई भ्यान्टिलेटरबाट बाहिर निकालिएको अस्पाताल स्रोतले जनाएको छ । डा. अरुण मास्केको टोलीले शाहलाई भ्यान्टिलेटरबाट निकालेको हो । Nir-Shahहोसमा आइसकेपछि पनि ७२ घण्टा अत्यन्त संवेदनशील हुने भएकाले निरन्तर निगरानीमा राखेर चेकअप गर्नुपर्ने चिकित्सकको भनाई छ । शाहलाई विगत ४८ घन्टादेखि भेन्टिलेटरमा राखिएको थियो । शाहलाई आइतबार बेलुका पनि भेन्टिलेटरबाट निकाल्ने प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।
चर्चित अभिनेता तथा निर्देशक शाह गत शनिबार दिउँसो अचानक बोहोस हुन पुगेका थिए । केहि दिनअघि देखि नै पेटको समस्याले ग्रसित शाहको शनिबार श्वासप्रश्वासमा समस्या देखिएलगतै बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको थियो । शाह बेहोस भएलगतै उनको स्वास्थ्यलाभको लागी फिल्मकर्मी तथा शुभचिन्तकहरुले चौतर्फि कामना गरेका थिए ।

Namaste Filmy

Read Previous

दुर्घटनामा परिन प्रियंका । बल्ल बल्ल बाँच्न सफल ।

Read Next

राष्ट्रपतिले बाँडे 'राष्ट्रिय चलचित्र पुरस्कार' । आयोजकको गम्भीर गल्ती ।