राष्ट्रपतिले बाँडे 'राष्ट्रिय चलचित्र पुरस्कार' । आयोजकको गम्भीर गल्ती ।

[dropcap]वि[/dropcap]गत चार बर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार ले फेरी निरन्तरता पाएको छ । चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति भवन शितल निवासमा एक भव्य समारोहको आयोजना गरी सम्पुर्ण चार बर्षको पुरस्कार एकैपटक बितरण गरियो । Film award-in-namastefilmyसम्माननीय राष्ट्रपति रामवरण यादवको हातबाट वितरण गरिएको अवार्डमा २०६७, २०६८, २०६९ र २०७० को उत्कृष्ट फिल्म, निर्देशक, नायक, नायिकालगायत अन्य विभिन्न विधा हरु समावेश थिए । राष्ट्रिय चलचित्र पुरस्कारका चार बर्षकै विजेताहरुको सुची हामीले जस्ताको तस्तै प्रकाशन गरेका छौ ।

चलचित्र पुरस्कार पाउने चलचित्रकर्मीहरुः

राष्ट्रिय चलचित्र पुरस्कार २०६७
१. सर्वोत्कृष्ट सम्पादन- २०६७ : श्री विपिन मल्ल (बाटो मुनिको फूल)
२. सर्वोत्कृष्ट कला निर्देशन – २०६७ : श्री निर्जल श्रेष्ठ (कसले चोर्‍यो मेरो मन)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६७ : श्री सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल)
४. सर्वोत्कृष्ट छायांङ्कन- २०६७ : श्री सञ्जय लामा (बाटो मुनिको फूल)
५. सर्वोत्कृष्ट अभिनेता- २०६७ : श्री आर्यन सिग्देल (कोही… मेरो)
६. सर्वोत्कृष्ट अभिनेत्री- २०६७ : श्री रेखा थापा (बाटो मुनिको फूल)
७. सर्वोत्कृष्ट निर्देशन- २०६७ : श्री सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल)
८. सर्वोत्कृष्ट चलचित्र- २०६७ : बाटो मुनिको फूल (श्री रिदम फिल्मस् प्रा.लि, श्री यश कुमार)

राष्ट्रिय चलचित्र पुरस्कार २०६८
१. सर्वोत्कृष्ट सम्पादन- २०६८ : श्री सुरेन्द्र पौडेल (लुट)
२. सर्वोत्कृष्ट द्वन्द्व निर्देशन – २०६८ : श्री योगेन्द्र श्रेष्ठ (लुट)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६८ : श्री कर्ण शाक्य (पल)
४. सर्वोत्कृष्ट छायााङ्कन- २०६८ : श्री विष्णुकल्पित घिमिरे (अन्दाज)
५. सर्वोत्कृष्ट अभिनेता- २०६८ : श्री सौगात मल्ल (लुट)
६. सर्वोत्कृष्ट अभिनेत्री- २०६८ : श्री नीता ढुङ्गाना (मसान)
७. सर्वोत्कृष्ट निर्देशन- २०६८ : श्री उज्वल घिमिरे (अन्दाज)
८. सर्वोत्कृष्ट चलचित्र- २०६८ : मसान (श्री नीर सिनेमा प्रा.लि., श्री रुद्रार्थ राणा)

राष्ट्रिय चलचित्र पुरस्कार २०६९
१. सर्वोत्कृष्ट सम्पादन- २०६९ : श्री वनिश शाह (नोटबुक)
२. सर्वोत्कृष्ट श्रृङ्गार- २०६९ : श्री नीमा लामा (धन्दा)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६९ : श्री देव नेपाल (मेरो कथा)
४. सर्वोत्कृष्ट गायन -२०६९ : श्री रजिना रिमाल (रिदम) गीतको बोल – पागल म बन्न सक्छु
५. सर्वोत्कृष्ट छायांङ्कन- २०६९ : श्री पुरुषोत्तम प्रधान (भिजिलान्ते)
६. सर्वोत्कृष्ट अभिनेता- २०६९ : श्री विल्सन विक्रम राई (रिदम)
७. सर्वोत्कृष्ट अभिनेत्री- २०६९ : श्री झरना थापा (फेसबुक)
८. सर्वोत्कृष्ट निर्देशन- २०६९ : श्री दिनेश डि.सी. (मायाज् बार)
९. सर्वोत्कृष्ट चलचित्र- २०६९ : नोटबुक (प्रज्ञा फिल्मस् प्रा.लि., श्री प्रज्ञा जोशी)
१०. साँस्कृतिक चलचित्र पुरस्कार- २०६९ : सुम्निमा (श्री एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी, श्री चन्द्र वाम्बुले)

राष्ट्रिय चलचित्र पुरस्कार २०७०
१. सर्वोत्कृष्ट सम्पादन- २०७० : श्री लोकेश बज्राचार्य (कर्कश)
२. सर्वोत्कृष्ट छायांङ्कन- २०७० : श्री गौरिशंकर धुजु (शिरीषको फूल)
३. सर्वोत्कृष्ट गीत लेखन- २०७० : श्री कृष्णहरि बराल (नाई नभन्नु ल-२) गीतको बोलः मर्ने कसैलाई रहर हुँदैन
४. सर्वोत्कृष्ट सङ्गीतकार – २०७० : श्री वसन्त सापकोटा (नाई नभन्नु ल-२) गीतको बोलः यी आाखामा तिमी छौं
५. सर्वोत्कृष्ट लेखन (पटकथा)- २०७० : श्री विनोद पौडेल (साँघुरो)
६. सर्वोत्कृष्ट अभिनेत्री- २०७० : श्री गरिमा पन्त (झोला)
७. सर्वोत्कृष्ट अभिनेता- २०७० : श्री शुशांक मैनाली (साँघुरो)
८. सर्वोत्कृष्ट निर्देशन- २०७० : श्री दीपा बस्नेत (अन्तराल)
९. सर्वोत्कृष्ट चलचित्र- २०७० : साँघुरो (श्री समीर मैनाली प्रोडक्शन, निर्माताः समीर मैनाली
१०. साँस्कृतिक चलचित्र पुरस्कार – २०७० : (कुसुम) श्री शेर्पा आदिवासी फिल्मस् प्रा.लि., निर्माताः श्री फारा डेण्डी शेर्पा र श्री निमा शेर्पा)Film award1-in-namastefilmyत्यस्तै बरिष्ठ फिल्मकर्मी यादव खरेललाई नगद ३ लाख एकाउन्न हजार एक सय एघार सहित दिर्घ साधना सम्मान गरिएको छ । राष्ट्रपतिकै हातबाट दिइएको उक्त सम्मानमा बरिष्ठ फिल्मकर्मी खरेललाई नगदको चेकसहित ताम्रपत्र दिइएको थियो ।
यसैबीच चलचित्र पुरस्कारप्रति केहि फिल्मकर्मीले खुलेरै बिरोध गरेका छन । चलचित्र मसानमा केकी अधिकारी शिर्ष भुमिकामा भएपनि सह नायिका निता ढुंगानालाई अवार्ड दिएपछि जुरीको निर्णयमा प्रश्न उठेको थियो । त्यस्तै अन्य केहि अवार्डमा पनि फिल्मकर्मीहरुले आपत्ति जनाएका थिए ।
यता विजेतालाई दिइएको सर्टिफिकेटमा नै त्रुटि भेटिएपछि आयोजक ले कतिसम्म लपारवाहि गरेको रैछ भन्ने छर्लङग भएको छ । पटकथा विधामा सर्वोत्कृष्ट सुरज सुब्बा नाल्बोलाई दिइएको सर्टिफिकेटमा गम्भीर त्रुटि पाइएपछि अवार्डकै बेइज्जत भएको फिल्म निर्देशक प्रसन्न पौडेलले बताए । यसरी सामन्य विषयमा पनि त्रुटि गर्नु आयोजकको गम्भीर गल्ती हो ।Film award2-in-namastefilmy

Namaste Filmy

Read Previous

नीर शाहको होस खुल्यो । स्वास्थ्यमा क्रमिक सुधार ।

Read Next

राष्ट्रिय चलचित्र पुरस्कार यस्तो छ फोटो कथामा……..