'एक भिलेन'ले दियो सक्सेस पार्टी । फस्ट विकेन्डमा ५० करोड कमायो ।

[dropcap][/dropcap]त शुक्रबार रिलिज भएको रोमान्टिक लभस्टोरी हिन्दी फिल्म ‘एक भिलेन’ले बक्सअफिसमा उच्च कलेक्सन गरे पछि सक्सेस पार्टी दिएको छ । फिल्मले पहिलो विकेन्ड अर्थात सुरुवाती ३ दिनमा नै ५० करोड ओभरको विजनेस गरेको हो । पार्टीमा बलिउडका नाम चलेको कयौ सेलेब्रेटीहरुको उपस्थिति रहेको थियो ।salman-jyaklin-in दवंग सलमान खान आफ्नो नयाँ फिल्म ‘किक’ को हिरोइन ज्याकलिन फर्नान्डेजसँगै पुगेका थिए । ‘एक भिलेन’को हिरो सिद्धार्थ मल्होत्राको घरमै आयोजित पार्टीमा थुप्रै फिल्मकर्मीहरुले अझै राम्रो होस भन्दै शुभकामना समेत दिएका थिए ।
शुक्रबार करिब २६०० पर्दामा लागेको फिल्मले शुक्रबार १६.७२ करोड, शनिबार १६.५४ करोड र आइतबार १७.४४ करोड कलेक्सन गरेको थियो । यसरी फिल्मले फस्ट विकेन्डमा ५०.७० करोड कमाएपछि सक्सेस पार्टी दिइएको हो । बालजी मोशन पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई मोहित सुरी ले निर्देशन गरेका हुन । फिल्ममा सिद्धार्थ मल्हात्रा, रितेश देशमुख र श्रद्धा कपुरको लिड अभिनय रहेको छ । फिल्मको कलेक्सनको रफ्तार हेर्दा सजिलै सय करोडको आँकडा पुग्ने बलिउड फिल्म बिश्लेषकहरुको भनाई छ ।
यता फिल्मले नेपालका विभिन्न मल्टिप्लेक्स हलमा पनि राम्रो कलेक्सन गरेको बताइएको छ । फिल्मले सुरुकै दिन नेपाली बजारबाट ६० लाख उठाएको थियो ।

Namaste Filmy

Read Previous

राष्ट्रिय चलचित्र पुरस्कार यस्तो छ फोटो कथामा……..

Read Next

यस्तो छ ऋतिक र कैटरिनाको 'बैंग बैंग' ।