को हुन 'सरकारी कुत्ता' ? भिडियो हेर्नुहोस ।

[dropcap]भा[/dropcap]द्र ६ गते रिलिज मिति तोकिएको फिल्म ‘सम्बोधन’ को प्रमोशनल गीत रिलिज गरिएको छ । गीतमा ‘सरकारी कुत्ता’लाई समात्न आग्रह गरिएको छ । देशमा विद्यमान भ्रष्टचार र अन्यायको कथामा निर्माण गरिएको फिल्मको गीतमा ‘सरकारी कुत्ता’ कसलाई भनियो थाहा पाउन फिल्म नै हेर्नुपर्ने निर्माण पक्षको भनाई छ । sambodhan-inगीतलाइ जायन जेको शब्द सँगीतमा जलप ब्यान्डले तयार पारेको हो । फिलमको शिर्ष कलाकारहरु दयाहाङ राई, विनय भट्ट, सुलेमान शंकर भागदौड गरेको दृश्यहरु प्रमोशनल गीतमा समेटिएको छ ।
सरोज न्यौपानेको प्रस्तुतिमा बिष्णु लामाको पनि लगानी रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन । हेम यसअघि सुपरहिट फिल्म होस्टेल निर्देशन गरेर चर्चामा आएका थिए । त्यस्तै फिल्ममा दयाहाङ, बिनय र सुलेमानको अतिरिक्त नम्रता श्रेष्ठ र प्रशान्त ताम्राकारको पनि प्रमुख भुमिका छ । यसअघि जिन्दावाद राखिएको फिल्मको नाम परिवर्तन गरेर सम्बोधन राखिएको हो ।

भिडियो हेर्नुहोस:

Namaste Filmy

Read Previous

यस्तो छ ऋतिक र कैटरिनाको 'बैंग बैंग' ।

Read Next

शिवसग ‘पोइला जान चाहने गायिका कोमल वलीले ‘हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको’ भन्दै ( भिडियो सहित )