शिवसग ‘पोइला जान चाहने गायिका कोमल वलीले ‘हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको’ भन्दै ( भिडियो सहित )

जब जब नारीहरुको महान चाड तिज आउछ गायिका कोमल वली चर्चामा आउने गर्छिन ।‘पोइला जान पाम शिव, पोइल जान पाम’ गीत गएर बिवादमा परेकी
यी गायिकाले फेरी यस पालिको तिजको अबसरमा पनि शिवजी’को नाम लिएर नया एल्बमका साथ बजारमा आउदै छिन् ।
10404119_832684743415906_5061426102074338554_nछिट्टै बजारमा निस्कने तयारीमा रहेको ‘हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको’ को जिक भिडियोको छायांकन गरिएको छ । नेपाली चलचित्र बिजयपथ र राजनितिमा नायिकाको भूमिकामा देखिएकी नायिका पवित्रा आचार्यले सो गीतलाई कोरियोग्राफी गरेकी छन । चलचित्र राजनिति निर्देशन गरेका निर्देशक बसन्त निरौलाले सो म्यूजिक भिडियोलाई निर्देशन गरेका हुन ।
10404119_832684743415906_5061426102074338554_nतीजको अवसरमा सार्वजनिक गर्ने गीतमा आफूले भगवान् शिवसँगको प्रेमलाई देखाउन खोजेको वलीले बताइन् । उनले जीवनमा सुहाउँने शिव आउन पनि सक्छन् र नआउन पनि सक्छन् भन्ने प्रतिक्रिया दिइन् ।अब यस अघिको एल्बम बाट चर्चा र सफलता पाउन सकेकी गायिका कोमल वलीको यस पालिको ‘हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको’ गीतले यस पालिको तीजमा कत्तिको ‘हल्ला गर्ने हो अब केहि दिनमा नै थाहा हुनेछ ।
भिडियो हेर्नुहोश :

भिडियो सौजन्य :अनलाईन खबर डट कम

Namaste Filmy

Read Previous

को हुन 'सरकारी कुत्ता' ? भिडियो हेर्नुहोस ।

Read Next

चलचित्र 'नभ्य' निर्माण हुने