चलचित्र 'नभ्य' निर्माण हुने

यहाँ फिल्म चलोस् या न चलोस् फिल्म बनाउने निर्माताको कुनै कमि छैन ।हरेक हप्ता कम्तिमा दुई वटा चलचित्र निर्माणको घोषणा गरिन्छ ।मंगलबार काठमाण्डौमा पत्रकार भेटघाट कार्यक्रममा  एउटा फिल्म निर्माणको घोषणा गरियो । विप्लप आर पोखरेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘नभ्य’लाई लु:ज: इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको हो ।
nabhyaचलचित्रको घोषणा कार्यक्रममा चलचित्रका निर्देशक विप्लप आर पोखरेलले हाम्रो समाज र परिवारमा देखेको भोगेको कथालाई चलचित्रमा देखौन खोजिने बताउनु भयो ।मानविय मनोविज्ञानमा आधारित चलचित्र ‘नभ्य’मा अशिष्मा नकर्मी,विकास न्यौपाने, प्रसन्न गोपाली, प्रेक्षा अधिकारी, अभिनभ अर्याल लगायतका कलाकारको मुख्य अभिनय रहने छ ।सुमन कपालीको संगीत,लु:ज: सिंहको छायांकन रहने यो चलचित्र बिहीबारबाट सुटिङको लागि फलोरमा जाने छ ।

Namaste Filmy

Read Previous

शिवसग ‘पोइला जान चाहने गायिका कोमल वलीले ‘हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको’ भन्दै ( भिडियो सहित )

Read Next

बिर्खेलाई चिन्न भदौ २० कुर्ने पर्ने