बिर्खेलाई चिन्न भदौ २० कुर्ने पर्ने

कृष्ण भुजेल ,धरान
नेपाली फिल्मी बजारमा फिल्मी बनाउना आउनेहरुको बाढी धेरै छ । यहाँ वर्षमा बनेका सय भन्दा बढी फिल्ममा पाच फिल्म भन्दा बढी सफल हुन सकेका छैन् । यस्तै भदौ महिनामा त् झन नेपाली रजतपटमा फिल्मको बादी नै आउछ ।यहि भदौरे भेलमा प्रदर्शनको लागि यानिकी भदौरे भेल तर्नको लागि तयार भएको चलचित्र हो ‘बिर्खेलाई चिन्छस्” ।
birkhelai chinchasनाम सुन्दै कमेडी लग्न सक्ने यस चलचित्र ‘बिर्खेलाई चिन्छस्’ सामजिक कथा बोकेको चलचित्र हो ।समाजमा भएका समस्यालाई पर्दा मार्फत देखाउना खोजिएको छ । चलचित्रमा वैदेशिक रोजगार, उपभोक्ता अधिकार, महंगीजस्ता आम नागरिक सरोकारका मुद्दा पनि उठाइएको छ । सुबास थापाको निर्माण रहेको चलचित्रलाई जगदिश्वर थापाले लेखेका हुन् । अराज केशव गिरीको निर्देशक रहेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’टाइटल कमेडी गित बजारमा रुचाइएको छ ।चलचित्रमा सुबास थापा,आयुषा राई, विनिता खड्का, लुनिभा तुलाधर, निर्मल शर्मा, शिशिर भण्डारी ,सुरेश उप्रेती लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्र र ‘बिर्खेलाई चिन्छस्”लाई दर्शकको साथ कतिको पाउने हो र चलचित्रको नाम नै ‘बिर्खेलाई चिन्छस्”भएकोले ‘बिर्खेलाई चिन्न पनि भदौ २० कुर्ने पर्ने हुन्छ ।

Namaste Filmy

Read Previous

चलचित्र 'नभ्य' निर्माण हुने

Read Next

सलमान र जैकलिनको सम्बन्ध: दालमे कुछ काला हे ।