सलमान र जैकलिनको सम्बन्ध: दालमे कुछ काला हे ।

[dropcap]प्रा[/dropcap]य उदाउदै गरेका हिरोइनहरुसँग राम्रो सम्बन्ध बनाउने बलिउड स्टार सलमान खानको नाम पछिल्लो पटक एक हिरोइनसँग जोडिन थालेको छ । उनी हुन जैकलिन फर्नान्डेज । जैकलिन प्रतिक्षित फिल्म ‘कीक’ मा सलमानको को स्टार हुन ।salman_jack_650_070114044548 प्रायजसो विभिन्न सार्वजनिक कार्यक्रममा सँगै देखिने र पटक पटक मिडियामा जैकलिनको तारिफ गरेपछि ‘दाल मे कुछ काला हे’ अनुमान लगाउन थालिएको छ। । अहिले यी दुईको सम्बन्धलाई लिएर बलिउडमा खुबै चर्चा चल्न थालेको छ । सलमानले जैकलिनलाई हट हिरोइन जिनत अमानसँग तुलनासमेत गरेका छन । उनले जैकलिन पनि जिनतजस्तै उचाईमा पुग्ने पनि बताएका छन ।
त्यतिमात्र हैन, भर्खरै सलमानले एक महंगो फ्ल्याटसमेत जैकलिनलाई गिफ्ट दिएका छन । मुम्बइको प्राइम लोकेशनमा सलमानले तीन बेडरुमसहितको फ्ल्याट गिफ्ट गरेका हुन । यसअघि पनि सलमानले फिल्म ‘रेडी’को को स्टार असिन लाई यस्तै फ्ल्याट गिफ्ट दिएका थिए ।

Namaste Filmy

Read Previous

बिर्खेलाई चिन्न भदौ २० कुर्ने पर्ने

Read Next

दर्शक घटेपछि तनहुँका चलचित्र हलहरु धमाधम बन्द ।