दर्शक घटेपछि तनहुँका चलचित्र हलहरु धमाधम बन्द ।

[dropcap][/dropcap]र्शक घटेपछि तनहुँका चार वटा चलचित्र हलहरु बन्द भएका छन् । आठ वटा चलचित्र हलहरु रहेको तनहुँमा घाटामा गएकाले आधा बन्द भएका हुन् । सञ्चालन रहेकोमा पनि दर्शक अभावमा नाफामा जान नसकेको हलका सञ्चालकहरुले बताएका छन् । दमौलीमा रहेका तीन , डुम्रे , भिमाद , खैरेनीटार  र शिसाघाट मा एकएक र आँबुखैरेनी बजारमा दुई गरी आठै वटा चलचित्र भवनमा केही वर्ष अघि सम्म दर्शकको भिड लाग्ने गर्दथ्यो ।Uttarshila-Manakamana-hall-inसदरमुकाम दमौलीमा रहेको मनकामना , डुम्रे बजारमा रहेको बन्दीपुर र भिमाद बजारमा खानी मुभिज चलचित्र मन्दिर गरी तीन वटा चलचित्र हल सञ्चालन गर्दै आएका शङ्करनाराएण श्रेष्ठ घाटामा गएकाले ११ करोड रुपैयाँ लगानी जोखिम रहेको बताउनुहुन्छ । बन्दीपुर चलचित्र मन्दिरलाई भत्काएर त्यहाँ रहेको साढे दुई रोपनी जग्गामा आवास गृह निमार्ण भईरहेको श्रेष्ठले जानकारी दिनु भयो । तीन वर्ष अघि देखि बन्द रहेको खानी मुभिजमा साउनबाट कोल्डस्टोर बनाई अदुवा र तरकारीको भण्डार गर्ने योजना बनाईरहेको उनको भनाई छ । श्रेष्ठले दमौलीमा रहेको मनकामना चलचित्र मन्दिर पनि घाटामा सञ्चालन गरी रहनु परेकाले चलचित्र पर्दशन बन्द गरी होटल सञ्चालन गर्ने तयारी भईरहेको बताए । यस्तै शिसाघाट बजारमा रहेको चलचित्र हल पनि छ वर्ष अघि देखि बन्द अबस्थामा छ । बन्द भएका यि हलको भवनमा भौतिक राईस तथा चिउरा मिल सञ्चालनको लागि प्रयोग भईरहेको छ । छ वर्ष अघि देखि बन्द रहेको दमौलीको सबैभन्दा पुरानो मेनका चलचित्र हल एक साता अघि देखि भत्काउन सुरु गरिएको छ । फिल्मको बजार सुध्रिने अबस्थाको आश मरेकाले भत्काउनु परेको निर्मल प्रधानले बताउनु भयो ।
यस्तै आँबुखैरेनी बजारमा रहेको श्रीराम चलचित्र मन्दिर र माईमनकामना चलचित्र मन्दिर प्रालि पनि हलमा बिजुली खर्च र स्टाफ खर्च पनि धान्न धौ धौ भईरहेको सञ्चालकहरुको भनाई छ । ज्ञान नभएका व्याक्तिहरुले कम गुण्स्तरका फिल्म निर्माण गरेकाले दर्शकको रुची घट्न थालेकाले हलका मालिकहरु मर्कामा परेको हल सञ्चालकको गुनासो छ । प्राय जसो नेपाली चलचित्र हलहरुको सिट र पर्दाको व्यबस्था राम्रो हुन नसक्नु ,हलभित्र चुरोट , मदिरा सेवन गर्ने तथा अश्लिल बोल्ने , चलचित्र चलेको बेला हल्ला गर्ने जस्ता खराब आचरण प्रस्तुत हुने हुदाँ सुरक्षाको प्रत्याभुती हुन नसक्नु जस्ता कारणले पनि दर्शक घटेको अर्का एक हल म्यानेजरको धारणा छ ।

Namaste Filmy

Read Previous

सलमान र जैकलिनको सम्बन्ध: दालमे कुछ काला हे ।

Read Next

सुरु भयो 'नाइ नभन्नु ल ३' । निर्देशनमा मुस्कानको डेब्यु ।