सुरु भयो 'नाइ नभन्नु ल ३' । निर्देशनमा मुस्कानको डेब्यु ।

[dropcap]’ना[/dropcap]इ नभन्नु ल’ को सिक्वेल फिल्म ‘नाईं नभन्नू ल ३’को संगितको काम थालिएको छ । बाल कलाकार अनुभव रेग्मीको जन्मदिन पारेर बुधबार अनामनगरस्थित गुञ्जन स्टुडियोमा फिल्मका गीतहरूको काम सुरु गरिएको हो । बसन्त सापकोटाको संगीत रहेका गीतहरूलाई महाराज थापाले एरेञ्ज गरेका छन् । nai navannu la 3-inफिल्मका गीतहरुमामा विकास आचार्य, बसन्त सापकोटा, एकनारायण भण्डारी, स्वप्नील बराल र कृष्णहरी बराले गीतको शब्द रहेका छन् । त्यस्तै स्वर राजेश पायल राई, रजिना रिमाल र प्रेम परियारको रहनेछ । नाइ नभन्नु ल ३ मा यसअघि सुपरहिट फिल्म ‘नाईं नभन्नू ल २’ कै सांगीतिक टिम दोहोरिएको छ ।
‘नाईं नभन्नू ल ३’ को निर्देशन भने मुस्कान ढकालले गर्ने भएका छन । मुस्कान ‘नाइ नभन्नु ल २’ मा मुख्य सहायक निर्देशक थिए ।
फिल्ममा अनुभव रेग्मीको मुख्य भूमिका रहनेछ भने सुरज सिंह ठकुरी पनि फिल्मको फाइनल कलाकार हुन् । अन्य कलाकार तथा प्राविधिक भने केहि समयमै फाइनल गरिने बताइएको छ । गीतको काम सकाएर भदौको अन्तिम साताबाट फिल्मको छायाँकन सुरु गर्ने निर्माण युनिटको योजना छ । चैतको अन्तिम साता प्रदर्शनको लक्ष्य राखिएको ‘नाईं नभन्नू ल ३’ मा विकास आचार्य र दिनेश कुमार पोखरेलको लगानी रहनेछ ।

Namaste Filmy

Read Previous

दर्शक घटेपछि तनहुँका चलचित्र हलहरु धमाधम बन्द ।

Read Next

हट सगुनलाई दिपक भन्दैछन 'मेरो मान्छे' ।