“मुटु” दोस्रो हप्तामा प्रवेश

राजेन्द्र कार्की,हेटौडा,फाल्गुन ३ ,शनिबार
गत शुक्रबार २४ गते देखि देशभरी प्रर्दशनमा रहेको नेपाली पारिवारीक कथानक चलचित्र “मुटु”ले सानदार प्रर्दशन सहित पहिलो हप्ता पार गर्न सफल भएको छ । देशभरीका ७० वटा हलहरुमा एकै साथ प्रर्दशन प्रारम्भ गरिएको चलचित्र राजधानीका ६ वटा साथैमोफसलका ३७ वटा चलचित्र गृहहरुमा भब्यताका साथमा हिजो देखि दोस्रो हप्तामा सफलता पूर्वक प्रवेश गरेको चलचित्रका वितरक रत्न श्रेष्ठले बताउनु भएको छ । शुक्रबार फागुण २ गते देखि नेपाली चलचित्र“डार्लिङ्”को प्रर्दशन गरिने सम्पुर्ण तयारी पुरा भइरहँदा पनि दर्शकहरुको मागलाई मध्यनजर गर्दै दोस्रो हप्ताको लागि समेत “मुटु” कै प्रर्दशनका लागी नै निरन्तरता दिन बाध्य भएको पनि चलचित्रका वितरक श्रेष्ठले बताउनु भएको छ । चलचित्रले कतिसम्म आम्दानी गर्न सक्यो त भन्ने उहाँ सँगको जिज्ञासामा “आम्दानी कति भयो भनेर अहिल्यै नै एकिन गर्न नसकिने भएतापनि चलचित्र भने सफल रहेको स्पष्ट भएको छ ।” बितरक श्रेष्ठले भन्नु भयो ।
1527141_10152140500055659_753319703_n चलचित्रका निमार्ता तथा निर्देशक एभरेष्ट सुर्य बोहरा दोस्रो हप्तामा चलचित्रको प्रवेशले खुशी हुँदै भन्नु हुन्छ “एतिहासिक चलचित्र झोलाका युनिटले नै चलचित्र हेरेर मलाई बधाइ समेत दिनु भएको छ, म त ज्यादै खुशी छु, दर्शकहरुले मनपराइरहेका छन्। के भनौं मेरो त खुशीको सिमा नै छैन ।” के भनौं मेरो त खुशीको सिमा नै छैन ।” आफ्नो चलचित्रको प्रचारप्रसारमा मिडियाहरुले पुर्वाग्रही गरेता पनि दोस्रो हप्तामा प्रवेश गरेकोमा“उचालेको कुकुरले मृगलाई मार्दैन भन्ने उखान चरितार्थ भएको छ । ” भन्नु भयो । चलचित्रका नायक विमलेश अधिकारीले चलचित्रको प्रमोशनमा साथ दिएता पनि नायिका केकी अधिकारीको प्रर्दशन भरी नै कहि कतै पनि उपस्थित नरहेकोमा भने आफ्नो गुनासो रहेको पनि बताउनु भएको छ । लगभग ६० लाख लगानी रहेको भनिएको चलचित्र “मुटु” यस अघि नै अमेरिकाको विभिन्न हलहरुमा सफलता पुर्वक प्रर्दशन भइसकेको छ । चलचित्रमा मुख्य आकर्षक पात्र बालकलाकार सुप्रिम बिक्रम शाह रहेको छ भने चलचित्र पारिवारीक कथा वस्तुमा आधारित रहेको छ ।

Namaste Filmy

Read Previous

यस्तो हुन्छ मानिसको 'कुण्ठा ' । भिडियो हेर्नुहोस ।

Read Next

‘नाइ नभन्नु ल २’को प्रोमो रिलिज