हट सगुनलाई दिपक भन्दैछन 'मेरो मान्छे' ।

[dropcap]नि[/dropcap]र्माता नारायण खतिवडाको नयाँ फिल्म ‘मेरो मान्छे’का लागी  नायकको रुपमा दीपक ढकाल अनुबन्धीत भएका छन । दिपकको यो डेब्यु फिल्म हुनेछ । फिल्मका लागी नयाँ हिरोको खोजीमा रहेका निर्माता खतिवडाले बुधबार दिपकलाई आफ्नो फिल्ममा लिएका हुन ।Mero manchhe-in नायिकामा भने हट गर्ल सगुन शाही र मिस्स थापा फाइनल भइसकेका छन । सगुनले यसअघी फिल्म दुवानीमा अभिनय गरिसकेकी छिन भने मिस्स थापाको यो नै पहिलो फिल्म हुनेछ । फिल्मका लागी अन्य कलाकारहरुको खोजि कार्य भैरहेको निर्माता खतिवडाले बताए ।
फिल्मलाई राज संगमले निर्देशन गर्दैछन । आजभोली बास्तबिक माया र प्रेम हराउदै गएको र मायामा के के हुनसक्छ भन्ने कुरा फिल्ममा देखाऊन खोजेको निर्देशक संगम ले बताए । यसअघि ‘भेटी’ र ‘लफडा’ निर्माण गरेर घाटामा गएको निर्माता नारायण खतिवडाले भने मेरो मान्छेलाई दर्शकको रुचाउनेमा बिश्वास ब्यक्त गरे ।
फिल्मको छयाकन चितवन पोखरा इलाम लगायतका स्थान मा हुनेछ । हाल गीतसँगीतको काम भैरहेको फिल्म भाद्र पहिलो साताबाट छयांकनमा जानेछ । फिल्ममा संगीतकार अर्जुन पोखरलको संगीत रहेको छ भने दीपक लिम्बुं,माण्डवी त्रिपाठी लगायतको स्वर सुन्न सकिनेछ ।

Namaste Filmy

Read Previous

सुरु भयो 'नाइ नभन्नु ल ३' । निर्देशनमा मुस्कानको डेब्यु ।

Read Next

सात बर्षमै बलात्कृत भएकी थिइन, यी हट मोडल ।