नेपाली चलचित्र प्रर्दशन तथा प्रवद्र्धनको लागि कतारमा ‘मेघा कन्सर्ट’ । तेरिया मगर,आर्यन,सविन सहित थुप्रै कलाकार आउने

बिक्रम गौतम,कतार
चार लाख बढी नेपालीहरुको कर्मथलो बनेको कतारमा नेपालीभाषा र संस्कृतिको विकास र प्रवद्र्धन सहित अब नियमित रुपमा नेपाली चलचित्र प्रर्दशन तथा प्रवद्र्धन गर्नको लागि ‘मेघा कन्सर्ट’को आयोजन हुदैछ । सास क्रिएसन कतारको आयोजना तथा अन्तर्राष्ट्रिय कलाकार मञ्चको प्रस्तुतिमा इस्लामिक धर्मावलम्बीहरुको महानपर्व इदको अबसरमा हुन् लागेको ‘मेघा कन्सर्ट’ले कतारमा नेपाली चलचित्रको बजारतय गर्ने भएकोले यो बृहत सांस्कृतिक कार्यक्रम कन्सर्टलाई व्यवस्थित र मर्यादितबनाएर लैजानु पर्ने ठूलो जिम्मेवारी रहेको बताइएको छ ।
mega concertनेपालीभाषा र संस्कृतिको विकास र प्रवर्दनका निम्ति नियमित नेपाली चलचित्र कतारमा प्रदर्शन गर्ने पूर्वाधार ‘मेघा कन्सर्ट’मा आउने दर्शकको माहोलले तय गर्ने जानकारी गराउँदै बृहत सांगीतिक माहौलका साथ वेष्ट इन्ड पार्क सनैयामा इदको दोस्रो दिन आयोजना हुने सो कार्यक्रमको मुख्य लक्ष्य र उद्देश्य भनेको नेपालीभाषा र संस्कृतिको विकास र प्रवद्र्धन गर्दै नेपाली चलचित्रको बजार बिस्तार गर्ने रहेको छ ।
सो कन्सर्टलाई सफल बनाउन डिआइडी लिटिल मास्टर्स सिजन ३ को विजेता नेपाली चेलि तेरिया मगर सहित चर्चित गायक सुगम पोखरेल शिव परियार देखि नायक आर्यन सिग्देल र सविन श्रेष्ठ समेत आउने भएका छन् । यसैगरी चर्चित लोक गायिका सुनिता दुलाल,चलचित्र रिदमकी नायिका निष्मा घिमिरे, भोजपुर–बंगाली गायिका शालोमी, चर्चित लोक गायकपशुपति शर्मा, हास्यकलाकार निर्मली (मेरी बास्सै), हर्के हवल्दार, नायिका सोभिता सिंखडा, नायक विष्णु कार्की लगायतका कलाकारहरुले सो कन्सर्टकादर्शकलाई तताउँदै नेपालीभाषा र संस्कृतिको विकास, उत्थान, गजेर्ना र प्रवद्र्धनका निम्तिक तारमा अब देखि नियमित प्रदर्शन हुने चलचित्रहरु हेरिदिन आग्रह समेत गर्ने भएका छन् ।
सो कन्सर्ट पछि कतारमा प्रदर्शनमा ल्याइने नेपाली फिल्म नेपाली संस्कार र संस्कृति बमोजिम नेपाली समाजले पचाउन सक्ने र पारिवािरक माहौलमा हेर्न मिल्ने नेपालीपन बोकेका चलचित्र मात्र प्रदर्शनमा ल्याइने भएको छ । नेपालीचलचित्रलाई देश विदेश सम्म पुराऊन चलचित्र उद्योगको बजारलाई फराकिलो बनाउने उद्देश्य र लक्ष्यका साथ कन्सर्ट गर्न लागिएको बताइएको छ । घाटा, नाफा वा फ्लप जे भएपनि नेपाली चलचित्रको भविष्यको लागि संस्था लागि परेको र लागि रहने कार्यक्रम संयोजक कल्याण घिमिरे बताउँछन् ।

Namaste Filmy

Read Previous

सात बर्षमै बलात्कृत भएकी थिइन, यी हट मोडल ।

Read Next

यसरी ऋणमा डुबे 'मेलोडी किङ्ग' ढकाल । कुराकानी सहित ।