बलिउड इन्ट्री गर्ने तयारीमा प्रियंकाकी बहिनी बार्बी ।

[dropcap][/dropcap]लिउडकी अभिनेत्री प्रियंका चोपडा र परिणीति चोपडाकि बहिनी बाबी हांडा बलिउडमा इन्ट्री गर्ने तयारीमा छिन । उनले तेलुगू फिल्ममा ‘प्रेम गीमा जनथा नाही’ बाट डेब्यू गरिसकेकी छन ।barbie-handa-latest-glamour-stills-8_720_southdreamz अब उनी तमिल कमेडी फिल्म ‘नीयालम नाला वरुवदा’ मा आफ्नो डेब्यु गर्न गैरहेकी छन । यस फिल्ममा उनी एक बिशेष गीतमा देखिन लागेकी हुन । फिल्मका निर्देशक नागेन्द्रका अनुसार बार्बी उक्त फिल्मएमा एक बिशेष गीतमा देखिन लागेकी हुन, जुन गीत आइटम नम्बर भने हैन । यो फिल्मामा एक बर्थडे गीत छ, जसमा बार्बी देखिन लागेकी छन । बताइएअनुसार साउथका फिल्महरू पछि बार्बी बलिउडमा अनुभव सिन्हाब को फिल्म ‘जिद’ मा डेब्यु गर्दैछिन ।
बार्बी एक प्रशिक्षित डान्सर पनि हुन । डाबर हेयर अयलको विज्ञापनमा यी दिदिबहिनी एक साथ देखिसकेका छन । प्रियंकाकै सहायोगमा बार्बी बलिउडमा देखिन लागेकी हुन । उनले आफ्नो करिअरमा मद्दत गरेकोमा आफ्नी दिदिलाइ धन्यवाद दिएकी छन । यसअघि परिणिति चोपडालाई पनि प्रियंकाले नै बलिउड इन्ट्री गराएकी थिइन ।

Namaste Filmy

Read Previous

यसरी ऋणमा डुबे 'मेलोडी किङ्ग' ढकाल । कुराकानी सहित ।

Read Next

चितवनमा 'नागबेली'को प्रचार गर्दै बिकि मल्ल ।