चितवनमा 'नागबेली'को प्रचार गर्दै बिकि मल्ल ।

[dropcap][/dropcap]गामी असार २७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘नागबेली’ युनिट यतिबेला फिल्मको पब्लिसिटीमा कम्मर कसेर लागीपरेका छन । फिल्मको निर्देशकसहितको केहि कलाकार राजधानीमा विभिन्न तरिकाले फिल्मको पब्लिसिटी गरिरहेका छन भने फिल्मको एक हिरो बिकि मल्ल आफ्नै तरिकाले फिल्मको प्रचारमा छन । बिकि यतिबेला चितवनमा छन । चितवनको विभिन्न रेडियो तथा टेलिभिजनमा उनले फिल्मको बारेमा चर्चा तथा प्रचार गरिरहेका छन । Vicky and Gyanendra-inनमस्तेफिल्मीसँगको भेटमा पनि उनले फिल्मको बारेमा धेरै कुरा बताए । फिल्म एकदमै राम्रो बनेको र निर्देशक गोविन्द राईको काम उत्कृष्ट रहेको उनको कथन छ । थुप्रै कलाकारहरुको अभिनय रहेको फिल्ममा उनले आफ्नो क्यारेक्टर चाहि सबैभन्दा पुथक रहेको बताए । फिल्ममा कुनैपनि हिरोको जोडी नहुने तर आफ्नो चाँहि जोडी भएको भन्दै उनले भने : ‘मेरो जोडी हर्षिका श्रेष्ठ हो ।’
फिल्ममा आर्मी अफिसर्सको रोल निभाएका बिकिले उक्त रोल आफ्नो लागी च्यालेन्जिङ रहेको बताए । फिल्मका लागी फीट देखेर नै निर्देशक गोविन्द राईले आफुलाई लिएका बताउदै उनले फिल्मका लागी निकै मिहेनत गरेको सुनाए । उनले फिल्म उत्कृष्ट बनेको र आफुले पनि फिल्मबाट ठुलो आशा राखेकाले फिल्म हेरिदिन सबैलाई आग्रहसमेत गरे । Vicky and sandip-inयसअघि नृत्य निर्देशकको रुपमा नाम कमाएका गोविन्द राईले फिल्मलाई निर्देशन गरेका हुन । चेलीमाइती फिल्मसको ब्यानरमा रोमियन लिम्बुको लगानी रहेको फिल्ममा दयाहाङ राई, एसराज, बिकी मल्ल, हर्षिका श्रेष्ठ, सुरभी जैन लगायतको अभिनय रहेको छ । फिल्म अर्को शुक्रबार रिलिज हुनेछ ।
nagbeli

Namaste Filmy

Read Previous

बलिउड इन्ट्री गर्ने तयारीमा प्रियंकाकी बहिनी बार्बी ।

Read Next

प्रियंका चोपडा हलिउड स्टार पिटबुलसँग सुतेकी हुन त ?