प्रशान्त तामाङको जागिर खोसियो । भारतीय प्रहरीबाट निलम्बित ।

[dropcap][/dropcap]न्डियन आइडल बनेपछि सर्बत्र चर्चित बनेका प्रशान्त तामाङ भारतीय प्रहरीको जागिरबाट निलम्बनमा परेका छन । कलाकारितामा लागेपछि जागिरलाई कमै मात्र समय दिएका प्रशान्तलाई भारतीय प्रहरीको विभागीग अधिकारीले अनुशासनको कारबाही गर्दै सेवाबाट निलम्बन गरेको हो । PrashantTamang5कोलकत्ताबाट प्रकाशन हुने बंगला दैनिकको समाचार उध्दृत गर्दै दार्जिलिङको एक पत्रिकाले यो समाचार प्रकाशन गरेको हो । प्रशान्त इन्डियन आइडल बनेपछि सेवामा निकै कम मात्र हाजिर भएका थिए । सन २००९ देखि २०१४ सम्म सेवामा १८ सय ७० दिन अनुपस्थित रहेको जनाउदै भारतीय प्रहरीले उनलाई विभागीय स्पस्टीकरण मागेको थियो । प्रशान्तले दिएको स्पष्टीकरण चित्त नबुझेपछि उनलाई जागिरबटै निलम्बन गरिएको हो ।
प्रशान्त सन २००७ मा लाखौ नेपालीहरुको भोट पाएपछि दोस्रो इन्डियन आइडल बनेका थिए । उनले कयौ हिन्दी गीतहरुका साथै नेपाली गीतहरु गाइसकेका छन । त्यस्तै उनले २०१० मा ‘गोर्खा पल्टन’, २०११ मा ‘अंगालो यो मायाको’ र ‘किन मायामा’ जस्ता नेपाली फिल्महरुमा अभिनय गरेका थिए । त्यस्तै उनी अभिनीत फिल्म ‘निशानी’ प्रदर्शनको तयारीमा छ भने ‘प्रवास’ निर्माणको क्रममा छ ।

Namaste Filmy

Read Previous

‘ठुली’ को टेलर सार्वजनिक । गरिमा किन दिन दिनै मरेर बाचिन (भिडियो सहित )

Read Next

वल्डकप हेर्न ब्राजिल जादै अमिताभ र अभिषेक बच्चन ।