ऋण प्रकरणमा मुछिएका रामकृष्ण ढकाल हिरो बन्दै ।

[dropcap][/dropcap]ण तिर्न नसकेर घरबिहिन बनेको खबर जताततै चलिरहेको बेला रामकृष्ण ढकाल भने फिल्मको हिरो बन्ने तयारीमा छन । २०५८ सालमा ‘आशीर्वाद’ फिल्ममा अभिनय गरेका ढकाल करिब १३ बर्षपछि ठुलो पर्दामा फर्कन लागेका हुन । उनी म्युजिक भिडियो तथा बिज्ञापनहरुमा भने देखिदै आएका छन । ramkrishna-dhakal-nepal-sandeshउनले फिल्मको नाम आफ्नो पछिल्लो एल्बम तथा गीत ‘बाचुन्जेलीलाई’ बाट जुराइएको छ । सांगितिक प्रेमकथामा बन्ने फिल्मलाई गोपिकृष्ण मुभिजसँग मिलेर ढकाल स्वयमले बनाउन लागेका हुन । जसमा ढकाल आफै शिर्ष भुमिकामा देखिनेछन । अन्य कलाकार तथा प्राविधिक दशै ताका फाइनल गरेर फिल्मको औपचारिक घोषणा गरिनेछ । ढकालले १३ बर्षअघि ‘आशिर्वाद’मा अभिनय गर्दा धेरै गल्तीहरु भएकाले त्यसलाई सुधार्दै नयाँ फिल्म दर्शक स्रोतामाझ ल्याउन लागिएको बताए ।
सहकारीसँगको ऋण प्रकरणको बारेमा भने उनको बेग्लै धारणा छ । यो बिषय यति चर्चा गर्नुपर्ने बिषय नै नभएको र अनलाइन तथा पत्रिकाहरुले गलत समाचार प्रकाशन गरेको उनको भनाई छ । उनले समाचारमा भनिएको जस्तो आफु घरबिहिन नभएको र आफु अहिले पनि आफ्नै घरमा बसिरहेको बताए । सहकारीको ऋण तीर्न नसकेपछि सैबुस्थित घर डेढबर्ष पहिले नै छाडेको उनले स्वीकारे । तर अब सहकारीलाई कुनै लिनुदिनु नरहेको उनको जिकिर छ । सहकारीले बदनाम गरेको भन्दै अब यसबारेमा वकिलसँग सल्लाह गरेर न्यायको लागी अदालत जाने उनले बताए ।

Namaste Filmy

Read Previous

वल्डकप हेर्न ब्राजिल जादै अमिताभ र अभिषेक बच्चन ।

Read Next

फ्राइडे रिलिज । अनौठो प्रेमकथा सँगै चिहान ।