'नाइके' बनेर दादागिरी गर्दै आर्यन । भिडियो ।

[dropcap]ग्या[/dropcap]ङस्टार फिल्म ‘नाइके’को प्रोमो रिलिज गरिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्म युनिटले प्रोमो सहित एक गीत रिलिज गर्नुका साथै रिलिज मिति पनि घोषणा गरेको हो । फिल्मको रिलिज डेट अगामी भदौ १३ तोकिएको छ । Naike-nepali-movie-inनेत्र गुरुङले निर्देशन गरेको फिल्ममा आर्यन सिग्देल ग्याङस्टार ‘नाइके’को रुपमा देखिनेछन । आर्यनलाई फरक भुमिकामा प्रस्तुत गरिएको भन्दै निर्देशक गुरुङले फिल्ममा नै केहि नयाँपन दिन खोजिएको बताए । दर्शकले फिल्म रुचाउनेमा उनी बिश्वस्त छन । त्यस्तै एकैखाले भुमिकामा देखिदै आएको आर्यन ले पनि केहि फरक भुमिका पनि गरौ भनेर नाइके खेलेको बताए । उनले आफ्नो फरक भुमिकामा दर्शकले इन्जोय गर्ने विश्वास ब्यक्त गरे ।
ब्ल्याक स्याडो प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्मात विष्णु हमाल हुन । फिल्ममा आर्यनसहित रेम बिक, सुरबिना कार्की, बोधराज रेग्मी, सारिका केसी, बिजयराज सेन्चुरी लगायतको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको फिल्ममा रोहन नेपालीको नृत्य, सानु महर्जनको द्धन्द तथा ताराप्रकाश लिम्बु, योगेश काजी र रमण गायकको सँगीत रहेको छ ।

प्रोमो हेर्नुहोस :

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज । अनौठो प्रेमकथा सँगै चिहान ।

Read Next

कमेडी सुवासको 'बिर्खेलाई चिन्छस' ? प्रोमो रिलिज ।