’शीशा’को गीत सार्वजनिक (भिडियो)

साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको  चलचित्र  ’शीशा’को नया गीत सार्वजनिक गरिएको छ  । चलचित्रमा समावेश गरिएको “जिन्दगानी बग्ने पानी” बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा लक्की सिटौला, धमेन्द्र सेवान र प्रकाश सुनुवारको आवाज रहेको  छ ।
sishaआर.बी के शरदले निर्देशन गर्नु भएको चलचित्र  ’शीशा’ अहिले चर्चामा रहनुको सती यसको गीत संगीत र टेलरलाई दर्शक तथा स्रोतले मन पराउनु भएको छ  ।चलचित्रको केहि समय अघि सार्वजनिक गरिएको ‘मखमली नयन सगै “बोलको गीतले बजारमा राम्रै चर्चा  पाउन सफल भैरहेको छ ।  चलचित्र ‘शीशा”लाई ननस्टप क्रियशनको व्यानरमा मधुसुदन ढकाल, महेस ढुङ्गाना, अजिता सुमार्गीले मिलेर निर्माण गरेका हुन् ।
गीत हेर्नुहोश :

सिक्किमका विभिन्न स्थानहरुमा छायांकन गरिएको फिल्ममा भारतीय फुटबलक पूर्व क्याप्टेन भाई चुङ्ग भुटिया समेतको अभिनय रहेको छ ।चलचित्रमा भाई चुङ्ग भुटियाको अलाबा जीवन लुईंटेल, रागिनी खड्गी, उमा बेबी, शान्ती गिरी, दिपेश भण्डारी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।फिल्ममा तारा थापाको सम्पादन, लक्की सिटौला र मनोज सिंहको संगीत तथा कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ ।सिक्किममा छायांकन  गरिएको चलचित्र  ’शीशा’मा सिक्किमको रमणीय ठाउहरु देख्न सकिन्छ ।

Namaste Filmy

Read Previous

कमेडी सुवासको 'बिर्खेलाई चिन्छस' ? प्रोमो रिलिज ।

Read Next

दिपिका पादुकोण संसारमै सबैभन्दा सेक्सी ।