'पुन्टे परेड'को रिलिज मिति पोस्टपोन्ड ।

[dropcap][/dropcap]हि साउन २ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘पुन्टे परेड’को रिलिज मिति पोस्टपोन्ड गरिएको छ । अब नयाँ मिति साउन १६ मा फिल्म रिलिज हुनेछ । फिल्मलाई आवश्यक पब्लिसिटी नपुगेको र फिल्मको अन्तिम चरणको केहि कामहरु पनि बाँकि रहेकोले रिलिज मिति सारिएको निर्माण युनिटको भनाई छ ।punte pared5निर्देशक सुवास कोइराला बिरामी परेपछि तोकिएको समयमा फिल्मको काम नसकिएको हो । त्यस्ते निर्माता हरि महतको आमाको निधन भएकोले पनि फिल्मको काममा असर पुगेको हो । यता फिल्मको मुख्य कलकार संयम पुरी पनि अन्य फिल्ममा ब्यस्त भएकाले पब्लिसिटी सोचेअनुरुप हुन सकेन । तसर्थ फिल्मको रिलिज मिति सारेर राम्रो पब्लिसिटी गर्ने तयारीमा निर्माण टोली लागेको हो ।
टीन एज लभस्टोरी फिल्म पुन्टे परेडलाई सुवास कोइरालाले निर्देशन गरेका हुन । हरि महत, हरि कोइराला र अनिल अधिकारीले निर्माण गरेको फिल्ममा संयम पुरी, एन्जिला दहाल, प्रियंका कार्की, निलु डोल्मा शेर्पा लगायतको अभिनय छ ।

Namaste Filmy

Read Previous

दिपिका पादुकोण संसारमै सबैभन्दा सेक्सी ।

Read Next

हेलिकप्टर चढेर जन्ती जाँदा डराए राजेश हमाल ।