हेलिकप्टर चढेर जन्ती जाँदा डराए राजेश हमाल ।

[dropcap][/dropcap]हानायक राजेश हमाल शुक्रबार हेलिकप्टर चढेर सर्लाही पुगे । उनी लामो समयदेखि हेयर ड्रेसरको काम गर्दै आइरहेका सुरेन्द्र ठाकुरको विवाहमा सहभागी हुन हेलिकप्टर चार्टर गरेर सर्लाहि बबरगंज पुगेका थिए । सुरेन्द्र राजेश निकट मानिने हेयर ड्रेसर राम ठाकुरका साथी हुन । राम ठाकुरले विगत १२ बर्षदेखि हमालले कपाल काटदै आएका छन ।Ranesh hamal-Helicopterआफ्ना सहयोगी दिपेन्द्र महतो र सञ्चारकर्मीहरु प्रदिप निरौला, सुवास ढकाल र बिदुर गिरी सहित हमाल विवाहमा सरिक भएका हुन । उनी शुक्रबार दिउसो ११ बजे सर्लाही उडेकोमा साँझ ४ बजे काठमण्डौ फर्किएका थिए । हमाल करिब १ घण्टा विवाहमै बसेका थिए । यसरी हमालले कसैको विवाहमा सरिक हुन हेलिकप्टर चार्टर गरेको सम्भवत पहिलोपटक हो ।
यता हमालको हेलिकप्टर यात्रा भने जोखिमपुर्ण रहेको बताइएको छ । यसबाट हमाल स्वयम पनि डराएका थिए । खराब मौसमका कारण ठाँउठाँउमा हेलिकप्टर रोकीएका थिए । हमालसँगै यात्रामा रहेको सञ्चारकर्मी प्रदिप निरौलाका अनुसार हमाल अत्तिएको थियो । उनले यात्राका क्रममा मनमा डर लागे पनि निकै रोमञ्चक भएको बताए । यात्राको  क्रममा सर्लाही जाँदा सिन्धुलीको क्यानेश्वरमा केहि बेर हेलिकप्टर रोकिएको थियो । यस्तै बिग्रेको मौसमका कारण फर्कने बेला मकवानपुरको शिखरपुरमा पनि ४५ मिनेट जति रोकिनु परेको थियो । हमालले यसरी गरेको हेलिकप्टर यात्राको खर्च १५ लाख नाघेको बताइन्छ । उक्त खर्च सुरेन्द्र ले नै ब्यहोरेको बुझिएको छ ।

Namaste Filmy

Read Previous

'पुन्टे परेड'को रिलिज मिति पोस्टपोन्ड ।

Read Next

विपी कोइरालाको जीवनीमा फिल्म 'जन नायक बिश्वेश्वर' ।