विपी कोइरालाको जीवनीमा फिल्म 'जन नायक बिश्वेश्वर' ।

bp koirala[dropcap]ने[/dropcap]पालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीमा आधारीत फिल्मको नाम सार्वजनिक गरिएको छ । यसअघि बिपीको जीवनीमा फिल्म बन्ने घोषणा गरिए पनि फिल्मको नाम सार्वजनिक गरिएको थिएन । बिपी चिन्तन प्रतिष्ठानले निर्माण गर्न लागेको फिल्मको नाम ‘जन नायक बिश्वेश्वर’ राखिएको हो ।
शुक्रबार विपीको पुख्यौली घर सिन्धुलीको दुम्जामा फिल्मको मुहुर्त गरिएको हो । मुहुर्तसँगै फिल्मको औपचारिक निर्माण समेत थालिएको छ । दिपेन्द्र दहालको लेखन तथा निर्देशन रहने फिल्मले बिपीको जन्म, राणाशासन र पञ्चायती शासनको विरुद्ध उनले गरेका संघर्ष, जेल जीवन लगायतका बिषयलाई जिवन्त रुपमा चित्रण गरिनेछ ।
फिल्मलाई रत्न कार्कीले खिच्नेछन भने फिल्ममा लक्ष्मण शेषको सँगीत र कुमार महर्जनको द्धन्द रहनेछ । फिल्मको छयांकन अबको केहि दिनमा नै सुरु गरिनेछ । करिब ८० लाखको लगानी रहने फिल्मभित्र दुम्जा, बिराटनगर, काठमण्डौ लगायत भारतको विभिन्न स्थानलाई पनि समेटिने बुझिएको छ । Jana-nayak-Biswesor-nepali-filmनेपालमा बायोपिक फिल्म कमै बनिरहेको अवस्थामा विपी चिन्तन प्रतिष्ठानले विपी कोइरालामा आधारीत फिल्म निर्माण गर्न लागिएका हो । यसअघि जननेता मदन भण्डारी र जिवराज मिश्रको घटनामा आधारित फिल्म ‘दासढुङगा’ पनि निर्माण भइसकेको छ ।

Namaste Filmy

Read Previous

हेलिकप्टर चढेर जन्ती जाँदा डराए राजेश हमाल ।

Read Next

अभिनेत्री मिथिला शर्माले गरिन इन्गेजमेन्ट ।