अभिनेत्री मिथिला शर्माले गरिन इन्गेजमेन्ट ।

[dropcap][/dropcap]र्चित अभिनेत्री मिथिला शर्माले पुर्व आइजीपी मोतिलाल बोहोरासँग इन्गेजमेन्ट गरेकी छिन ।  एक पारिवारिक जमघटका बीच सामन्य तरिकाले यी दुईबीच इन्गेजमेन्ट भएको हो । Mithila sharma and Motilal bohoraनितान्त पारिवारिक जमघटमा इन्गेजमेन्ट भएको भए पनि इन्गेजमेन्टको तस्वीर भने समाजिक सञ्जालहरुमा सार्वजनिक भएका छन । तस्वीरमा दुवैले टिकाटालो गरेका छन भने दुवै खुशी देखिएका छन । उमेर बुढेसकाल लागीसके पनि अविवाहित रहेकी अभिनेत्री शर्मा र मोतिलाल बोहोराबीच केहि बर्षयता सामीप्यता बढेको थियो । जुन सामिप्यताले अहिले विवाहको रुप लिन लागेको हो । मोतिलाल बोहोराले २०६९ सालमा आफ्नो श्रीमति कलालाई गुमाएका थिए । त्यसपछि मिथिलालाई उनलेका विवाहको प्रस्ताव राखेको बताइन्छ । बोहोराको दुई छोरा र तीन छोरीसमेत छन । शर्मा र बोहोराले पारिवारिक सहमतिमै यसैबर्ष विवाह गर्ने बताइए पनि विवाह मिति भने सार्वजनिक गरिएको छैन । उनीहरुले कोर्ट म्यरिज गर्ने बुझिएको छ ।

Namaste Filmy

Read Previous

विपी कोइरालाको जीवनीमा फिल्म 'जन नायक बिश्वेश्वर' ।

Read Next

आफुबाट टाढा रहन कैटलाई रणवीरको चेतावनी ।