'पुकार' र 'आफ्नो बिरानो' निर्माता थापाको निधन ।

Afno birano-nepali-film
तस्वीर: चलचित्र ‘आफ्नो बिरानो’बाट ।

[dropcap][/dropcap]क जमानाको चलेको फिल्म ‘पुकार’बाट निर्माताको छवि बनाएका राजेन्द्र थापाको निधन भएको छ । थापाको जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शनिबार साँझ निधन भएको हो ।

५४ बर्षीय थापा ठुलो आन्द्रामा अल्सर भएर क्यान्सरको खतरा देखिएपछि नेपाल मेडिकल कलेजमा विगत एक महिनायता उपचाररत थिए । विराटनगर घर भएको  थापाको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।अन्त्यष्टिसँगै थापा परिवार बिराटनगर फर्किइसकेका छन । निर्माता थापाको छोरा नभएकाले भाई शम्भु थापा किरीया बसेका छन । उनको एक श्रीमति र दुइ छोरीहरु छन । फिल्म ‘पुकार’ बाट निर्माताको रुपमा चिनिएका थापाले हिट फिल्म ‘आफ्नो बिरानो’ निर्माण गरेका थिए । उनी पछिल्लो समय फिल्म ‘घेरावन्दी’ निर्माणको तयारीमा रहेका थिए । ‘घेराबन्दी’को कलाकार तथा प्राविधिक समेत फाइनल गरिएको थियो । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य सहित कोशिस श्रेत्रीको पनि अभिनय रहने भनिएको फिल्मको कथा शिवम अधिकारीले लेखेका थिए । अब थापा दिवंगत भएपछि फिल्मलाई उनकै नाममा समर्पित गर्दै निर्माण गरिने बताईएको छ । निर्माता थापाको आत्माको चीर शान्तिको कामना ।

Namaste Filmy

Read Previous

बेहुली बन्न मेहेन्दी लगाइन श्वेताले । सोमबार श्रीकृष्णसँग बिवाह हुदै ।

Read Next

दुखद खबर । निर्देशक भद्र भुजेललाई पत्नी शोक ।