दुखद खबर । निर्देशक भद्र भुजेललाई पत्नी शोक ।

bhadra bhujel-in[dropcap]फि[/dropcap]ल्म निर्देशक भद्र भुजेललाई पत्नी शोक परेको छ । निर्देशक भुजेलको पत्नी राधाको आइतबार दिउँसो वीर अस्पातालमा उपचारको क्रममा निधन भएको हो । केहि दिनयता सामन्य पेटको समस्याले ग्रसित भुजेल पत्नीलाई शनिबार बढी नै सताएपछि साँझपख उपचारका लागी वीर अस्पाताल पुर्याइएको थियो । तर आइतबार दिउसो एकाएक उनको निधन भएको खबर आएको छ ।
राधा निर्देशक भुजेलको दोस्रो श्रीमति हुन । यसअघि भुजेलको पहिलो श्रीमतिको पनि आठ बर्ष अघि निधन भइसकेको छ । किडनी फेल भएपछि पहिलो श्रीमतिको निधन भएको दशक नपुग्दै भुजेलले दोस्रो श्रीमति पनि गुमाउनुपरेको हो । भुजेललको पहिलो श्रीमती तर्फ कुनै पनि सन्तान छैनन भने दोस्रो श्रीमतितर्फ एक छोरी र एक छोरा छन । स्व निर्देशक शिव रेग्मीको चेला भुजेलले फिल्म मलाई मन पर्यो र अप्रिल फुल निर्देशन गरेका छन । हेटौडा घर भएका भुजेललाई फिल्म नगरी उदाँउदा निर्देशकको रुपमा लिने गरिन्छ ।

मृत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना ।

Namaste Filmy

Read Previous

'पुकार' र 'आफ्नो बिरानो' निर्माता थापाको निधन ।

Read Next

आफ्नै भान्जीसँग हट रिहानाको नाङगो पोज ।