सुमनले झरनाको साथ कहिल्यै नछोड्ने

मन छुने मायप्रेमको कथा बोकेको चलचित्र प्रेमिकाको ट्रेलर सार्वजनिक गरिएको छ । शुभ शान्ति फिल्मसको ब्यानरमा तयार भएको फिल्मलाई पछिल्लो समय नृत्य निर्देशनमा ब्यस्त रामजी लामिछानले निर्देशन गरेका हुन । रवि आचार्यको निर्माणमा बनेको फिल्म प्रेमिका अगामी फाल्गुन १६ गतेबाट रिलिज हुने भएको छ ।maxresdefault
रिलिज डेट नजिकिदै गर्दा निर्माण युनिट भने प्रचारप्रसारको मूल राजमार्गमा हिड्ने तयारीमा छन ।फिल्ममा सुमन सिह, झरना थापा, शुशील पोखरेल, आर एल महर्जन, सुजित रुचाल लगायतको मुख्य अभिनय रहेको छ ।
दिनेश सुनामको संगीत रहेको फिल्ममा, शुशिल पोखरेलको कथा, दुर्गा पौडेलको छयांकन, बनिष शाह र विपिन मल्ल्को सम्पादन, रोशन श्रेष्ठको द्धन्द र रामजी लामिछाने को नृत्य रहेको छ । करिब एक बर्षअघि नै सार्वजनिक भएका फिल्मका गीतहरुलाई भने स्रोताहरुले अत्याधिक रुचाइसकेको छ ।

Namaste Filmy

Read Previous

बलिउडका दुई ठुला स्टारहरुबीच भिडन्त को तयारी

Read Next

फस्टलुकमा यस्तो छ नोवेम्भर रेन