'कोहिनुर' जोडीको विवाह सम्पन्न । फोटोमा हेर्नुस विवाह ।

[dropcap][/dropcap]लाकार अनुप बराल र दिया मास्केले लगनगाँठो कसेकै दिन आज रजतपटका ‘कोहिनुर’ जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खडका पनि विवाह बन्धनमा बाँधिएका छन । श्री नेवार र स्वेता क्षेत्री समुदायका भएकोले यी दुईको विवाहमा पनि खासै तडकभडक देखिएन । shreekrishna shrestha and sweta khaka5लगभग विहान १० बजेतिरबाट सुरु भएको विवाह बिधि करिब साढे दुईबजेतिर सकिएको थियो । राजधानीको होटल इन्द्रेणीमा सम्पन्न विवाह दुई परिवारको आफन्तहरुको उपस्थितिमा सामन्य तरिकाले नै सम्पन्न भएको हो । कन्यादानको समयमा स्वेता केहि भावुक देखिन्थे भने श्री उत्साहित थिए । स्वेतालाई उनकी बुवा, आमाले श्रीको हातमा कन्यादान दिएको थिए । shreekrishna shrestha and sweta khaka10यसैबीच विवाहको रिसेप्सन पार्टी भने भव्य बनाइने भएको छ । सोमबार साँझ होटल इन्द्रेणीमै दिइने पार्टीमा सयौ फिल्मकर्मी तथा अन्य शुभेच्छुक र आफन्त डाकिएको छ । पार्टीलाई भव्य बनाउन यो जोडीले करोड खर्चिने बुझिएको छ ।
विगत पाँच बर्षयता प्रेममा रहेका श्री र स्वेताले विवाह गर्ने निर्णय भने केहि महिनाअघि मात्रै लिएका हुन । यो जोडीको अहिले फिल्म ‘कोहिनुर’ रिलिजको संघारमा छ । उनीहरुको विवाह मिति अर्थात असार २३ गतेको ठिक एक महिनापछि अर्थात साउन २३ गतेबाट फिल्म ‘कोहिनुर’ अलनेपाल रिलिज हुनेछ । यसअघि यो जोडी अभिनित फिल्महरु ‘कहाँ भेटिएला’ र ‘श्रीमान श्रीमति’ रिलिज भैसकेका छन ।

विवाहको थप फोटोहरु तल हेर्नुहोस :

shreekrishna shrestha and sweta khaka8 shreekrishna shrestha and sweta khaka7 shreekrishna shrestha and sweta khaka6 shreekrishna shrestha and sweta khaka4 shreekrishna shrestha and sweta khaka3 shreekrishna shrestha and sweta khaka2 shreekrishna shrestha and sweta khaka1 shreekrishna shrestha and sweta khakashreekrishna shrestha and sweta khaka9Photo By: Anup Bhattarai

Namaste Filmy

Read Previous

अनुप र दियाले गरे साधारण विवाह । अनुपको दोस्रो बिहे ।

Read Next

नीर शाहको पुर्नजन्म। अस्पातालबाट डिस्चार्ज ।