नीर शाहको पुर्नजन्म। अस्पातालबाट डिस्चार्ज ।

[dropcap]के[/dropcap]हि दिनअघि हार्टअट्याकका कारण अस्पाताल भर्ना गरिएका बरिष्ट फिल्मकर्मी नीर शाहको डिस्चार्ज गरिएको छ । स्वास्थ्यमा पूर्ण सुधार आएपछि सोमबार साँझ पाँच बजे शाहलाई डिस्चार्ज गरिएको हो । उनलाई ९ दिन अघि अचानक हृदय घात भएपछि गंगालाल हृदय रोग केन्दमा भर्ना गरिएका थियो । nir shaha dischargedअस्पातालमा उनलाई झन्डै ७२ घण्टा भेन्टिलेटरमा राखिएको थियो । नर्मल अवस्थामा आइसकेपछि पनि चिकित्सकको सल्लाहअनुसार उनलाई केहि दिन अस्पातालमा चिकित्सककै निगरानीमा राखिएको थियो । सोमबार पुर्ण रुपमा स्वस्थ भएपछि अस्पातालले डिस्चार्ज दिएको हो ।

घर जान पाएपछि शाह निकै खुशी भएका छन् । उनले यो अवस्थालाई आफ्नो पुर्नजन्म भनेका छन् ।अस्पातालमा शाह.लई भेट्न पुगेका शुभचिन्तकहरुसंग कुरा कानी गर्ने क्रममा शाहले अभिनयको यात्रालाई निरन्तरता दिन आफू पछि नहट्ने बताएका छन् । शाहले पछिल्लो समय ऐतिहासिक कृति ‘सेतो बाघ ‘माथि फिल्म बनाएका छन् जुन फिल्म रिलिजको क्रममा छ ।

Namaste Filmy

Read Previous

'कोहिनुर' जोडीको विवाह सम्पन्न । फोटोमा हेर्नुस विवाह ।

Read Next

खतरानाक 'टाइगर द रियल हिरो' । हेर्नुहोस भिडियो ।