‘नाइ नभन्नु ल २’को प्रोमो रिलिज

फाल्गुन ३ ,शनिबार
नयाँ बर्षको अबसरमा चैत २८ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाइ नभन्नु ल २’को प्रोमो रिलिज गरिएको छ ।
विकास आचार्य निर्देशन रहेको चलचित्र ‘नाइ नभन्नु ल २’लाई विकास आचार्य र दिनेश कुमार पोखरेलले मिलेर निर्माण गरेका हुन् । बाल कलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराई जोडदार अभिनय रहेको चलचित्र ‘नाइ नभन्नु ल २’मा जीवन लुईटेल,प्रियंका कार्की,सुरज सिह ठकुरी,सरोज खनाल,सिताराम कट्टेल (धुर्मुस), बर्षा सिवाकोटी आदिको अभिनय रहेको छ  ।
1798760_10202485199243956_515321057_nपुरुषोत्तम प्रधानको छायाँकन , दिर्घ खड्काको सम्पादन,बसन्त सापकोटाको संगीत ,कविराज गहतराजको नुत्य  गरेको चलचित्र ‘नाइ नभन्नु ल २’को प्रोमो हेर्दा बालप्रेमको कथा मुख्य बिषय बनाएर चलचित्र निर्माण गरेको देखिन्छ ।यस अघि रिलिज गरिएको चलचित्रको गीत “यो आखामा तिमि छौ यो मन तिमि छौ “ले अहिले बजारमा राम्रो चर्चा पाउनुको साथै सी. आर .बीटीमा समेत धेरै पटक डाउन लोड हुन सफल भएको छ ।

Namaste Filmy

Read Previous

“मुटु” दोस्रो हप्तामा प्रवेश

Read Next

अर्को बर्ष विवाह गर्दैछन अनुप र दिया । यो बर्षको भ्यालेन्टाइन बन्दिपुरमा ।