खतरानाक 'टाइगर द रियल हिरो' । हेर्नुहोस भिडियो ।

[dropcap][/dropcap]र्चामा रहेको फिल्म ‘टाइगर द रियल हिरो’को प्रोमो सार्वजनिक गरिएको छ । प्रोमो मा नायक शुशान्त कार्कीको एक्सन हाबी छ । त्यसबाहेक फिल्मको अन्य कलाकारहरु पनि प्रोमोमा फिचरीङ छन । Tiger the real hero1फिल्मलाई पछिल्लो समयका निकै ब्यस्त निर्देशक राजु गिरीले निर्देशन गरेका हुन । निर्देशक गिरीकै प्रस्तुतिमा शंकर गिरी र काजोल गिरीको निर्माण रहेको फिल्म ‘टाइगर द रियल हिरो’ शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको हो । फिल्ममा सुशान्त कार्की, शुभेच्छा थापा, अशोक फुयाल, समिक्षा अर्याल, सुरज रानाभाट, प्रकाश बिसी, दिपक कडेल लगायतको सशक्त अभिनय रहेको छ । ब्यस्त संगीतकार अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, मुकेश हुमागाईको छयांकन, रामजी लामिछानेको नृत्य तथा अर्जुन जीसीको सम्पादन रहेको छ । फिल्मका यसअघि सार्वजनिक दुई गीतहरुलाई स्रोताहरुले निकै रुचाइसकेका छन । त्यस्तै सार्वजनिक फिल्मको फस्ट प्रोमोले पनि दर्शकबाट वाहवाही पाइरहेका छन । रिलिज मिति औपचारिक घोषणा नगरिए तापनि फिल्म आगामी फुलपाती मा रिलिज हुनेछ ।

 

Namaste Filmy

Read Previous

नीर शाहको पुर्नजन्म। अस्पातालबाट डिस्चार्ज ।

Read Next

दश लाखले हेरे सन्नी लियोनको 'पिंक लिप्स' ।