टेलिचलचित्र 'चितवन चक्लेट' निर्माण हुने ।

[dropcap]चि[/dropcap]तवनका कलाकर्मीहरुको सक्रियतामा टेलिचलचित्र ‘चितवन चक्लेट’ निर्माण हुने भएको छ । मंगलबार चितवनकै एक मन्दिरमा नरिवल फोडेर ‘चितवन चक्लेट’को शुभमुहुर्त समेत गरियो । Chitwan choklateआभाष रानाको लेखन तथा निर्देशन रहने टेलिचलिचत्रिलाई अनिल केसी र रोशन सुनार ले निर्माण गर्न लागेका हुन । टेलिचलचित्रमा प्रेम श्रेष्ठ, रोेशन सुनार, रंजित कुमाल, दिपेन्द्र बर्तौला, रमेश बस्नेत,सन्दिप थापा, हिरा घिमिरे, राकेशमान श्रेष्ठ, राजु भट्ट लागयतका नयाँ पुराना कलाकारहरुको अभिनय रहनेछ । चितवन आसपासका विभिन्न क्षेत्रमा छयांकन गरिने टेलिचलचित्रको सह निर्देशन भने दिपेन्द्र बतौलाले गर्ने छन । सम्पेन्स थ्रीलर बिधामा निर्माण गरिन लागिएको टेलिचलचित्रको लगानी करिब ५ लाख रहने निर्माण युनिटको भनाई छ । टेलिचलचित्रलाई असोज पहिलो सातासम्ममा चितवन लगायत विभिन्न स्थानका केवल टेलिभिजनहरुबाट प्रसारण गरिने बताइएको छ । टेलिचलचित्रको कथा २६ भागको रहनेछ ।Chitwan choklate1

Namaste Filmy

Read Previous

दश लाखले हेरे सन्नी लियोनको 'पिंक लिप्स' ।

Read Next

रोयल्टी संकलन समाजको निर्वाचनमा धाँधली भएको खुलासा ।